पोखरा । गण्डकी प्रदेश सभाको बैठक भदौ १० गते दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै बैठकको मिति र समयबारे जानकारी दिएको हो।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा मुख्यमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ। सभामुख कृष्णप्रसाद धितालले बैठकको पहिलो एक घण्टा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गरेका छन्।
प्रश्न गर्न इच्छुक सांसदले भदौ ८ गते साँझ ५ बजेसम्म प्रश्नको विषय लिखित रूपमा प्रदेश सभा सचिवालयमा बुझाउनुपर्नेछ।
गत वर्षको जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनका संरचनामा क्षति पुगेपछि प्रदेश सभाको बैठक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बस्दै आएको थियो। अब भने नवनिर्मित प्रदेश सभा सचिवालयको हलमा बैठक सञ्चालन हुने भएको छ।
प्रदेश सभा सचिवालयका अनुसार भदौ १० गतेको बैठकमा खाद्यसम्बन्धी विधेयकको प्रतिवेदन प्रस्तुत गरिनेछ।
यसअघि सचिवालयले जारी गरेको सूचनामा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ११ गते हुने उल्लेख गरिएको थियो। पछिल्लो सूचनाअनुसार बैठक भदौ १० गते नै बस्ने भएकाले कार्यक्रमको मितिबारे सचिवालयको आधिकारिक सूचनालाई आधार मानिनेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्