ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा बढ्दै आत्महत्या र हत्या, मानसिक स्वास्थ्यमा बेवास्ता मुख्य चुनौती


ABC NEWS
६ भदौ २०८३, शनिबार   ७ : ५५   बजे

खर्वाङ (बागलुङ) । बागलुङमा पछिल्लो समय आत्महत्या र हत्याका घटना बढ्दै गएका छन्। सामान्य आर्थिक समस्या, प्रेमसम्बन्धमा आएको असफलता तथा अन्य व्यक्तिगत कारणले मानसिक दबाबमा परेका व्यक्ति यस्ता घटनामा संलग्न हुने गरेको प्रहरीको भनाइ छ।

साउन १९ गते फेसबुकमा भावुक स्टाटस लेखेपछि सम्पर्कविहीन बनेकी ढोरपाटन नगरपालिका–९, सुकुरधुङकी २१ वर्षीया तपस्या विक मंगलबार मृत अवस्थामा फेला परिन्। उनको मृत्युले सुकुरधुङ शोकमा डुबेको छ।

त्यस्तै, साउन १ गते बडिगाड गाउँपालिका–१ थानका १७ वर्षीय लजिन थापा साथीको जन्मदिन मनाउन घरबाट निस्किएका थिए। आठ दिनपछि उनी मृत अवस्थामा फेला परे।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार लजिनको हत्यामा संलग्न रहेको आरोपमा ददि परियार, रेमबहादुर विकसहित चार जना पक्राउ परेका छन्। अनुसन्धानका क्रममा ददिले राम्रो फोटो खिच्न आइफोन माग्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

यसैगरी, साउन १२ गते निसीखोला गाउँपालिका–२ तल्लोबेङ्ग्रीकी १७ वर्षीया वीनिता पाण्डे घरमै मृत अवस्थामा फेला परिन्। प्रहरीले घटनालाई प्रारम्भिक रूपमा आत्महत्या भएको निष्कर्ष निकालेको छ।

प्रहरीका अनुसार बागलुङमा आर्थिक संकट, प्रेमसम्बन्धमा आएको समस्या तथा मानसिक स्वास्थ्यसँग जोडिएका कारणले आत्महत्या गर्ने र हिंसात्मक घटनामा संलग्न हुने अवस्था देखिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै जिल्लामा ५५ वटा आत्महत्याका घटना भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ। आत्महत्या गर्नेमा १० वर्षीय बालकदेखि ८५ वर्षसम्मका वृद्ध रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार गत आर्थिक वर्षमा १८ वर्षभन्दा कम उमेरका १६ जना र १८ वर्षभन्दा माथिका ३९ जनाले आत्महत्या गरेका थिए।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा विद्यालय तहदेखि नै आशा र सकारात्मक सोच विकास गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछिन्।

‘उत्पादनमूलक काममा लाग्नुपर्ने युवा जमात नै आत्महत्या गरेको देखिन्छ,’ उनले भनिन्, ‘सानो समस्यामै आत्महत्याको बाटो रोज्नेहरूको संख्या बढी छ।’

मानसिक स्वास्थ्यबारे पर्याप्त सचेतना नहुँदा समस्या थप जटिल बन्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले मानसिक स्वास्थ्य समस्यालाई गम्भीर रूपमा लिन नसक्दा धेरै व्यक्तिले ज्यान गुमाइरहेको बताए।

‘हामीले सर्ने र नसर्ने रोगको उपचार तथा परामर्श गर्‍यौँ, तर मानसिक स्वास्थ्य जटिल बनिसकेको अवस्थामा मात्रै यहाँ आउँछन्,’ उनले भने, ‘विद्यालय उमेरदेखि नै मानसिक स्वास्थ्यबारे ध्यान नदिँदा युवाहरूमा आत्महत्या र हत्याका घटना बढ्ने जोखिम छ।’

स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले मानसिक स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गर्ने, परिवार तथा समुदायमा खुलेर कुरा गर्ने वातावरण बनाउने र विद्यालय तहदेखि नै मानसिक स्वास्थ्य तथा जीवनोपयोगी सीपसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Drug Abuse Rising Among Youth in Nepal’s Madhes Province

Colombia, Venezuela, Slovenia Signal Shift in Foreign Policy Towards Israel

Aisha Wahab Wins Special Election Despite Pro-Israel Spending Surge

India Supreme Court Orders Enhanced Protection for Wild Elephants

Humla District Fixes Apple Prices for Upcoming Harvest Season

विश्वकप फाइनलको झडपपछि अर्जेन्टिनामाथि फिफाको कडा कारबाही, पारेडेसलाई १० खेल प्रतिबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu