ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु


ABC NEWS
६ भदौ २०८३, शनिबार   ८ : १५   बजे

किभ । युक्रेनको मध्यभागमा रहेको सहर क्रिभी रिहको एक किनमेल केन्द्रमा रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन्। घाइतेमध्ये २३ जना बालबालिका रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

आक्रमणपछि किनमेल केन्द्रमा ठूलो आगलागी भएको थियो। उद्धारकर्मीहरूले भग्नावशेष हटाउने र आगो नियन्त्रणमा लिने काम जारी राखेका छन्। घटनास्थलमा अझै मानिस फसेको हुन सक्ने आशंकाका कारण मृतक तथा घाइतेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगर क्रिभी रिहमा शुक्रबार दुई चरणमा ड्रोन आक्रमण भएको बताएका छन्। उनले घटनालाई अत्यन्तै निन्दनीय र घृणित आक्रमणको संज्ञा दिँदै नागरिक पूर्वाधारमाथि भएको हमलाको कडा आलोचना गरेका छन्।

जेलेन्स्कीका अनुसार पहिलो आक्रमणपछि घटनास्थलमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीलाई लक्षित गर्दै दोस्रो पटक पनि ड्रोन प्रहार गरिएको थियो।

निप्रोपेट्रोभस्क क्षेत्रका प्रमुख ओलेक्जेन्डर हान्झाका अनुसार शुक्रबार साँझसम्म मृत्यु हुनेको संख्या १५ पुगेको हो। मृतकमध्ये दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

अधिकारीहरूका अनुसार आक्रमणमा घाइते भएका १३० जनामध्ये २९ जनाको अवस्था गम्भीर रहेको छ। अस्पतालहरूमा घाइतेहरूको उपचार भइरहेको छ।

घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेकाले भग्नावशेषमुनि थप मानिस भेटिन सक्ने र मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu