काठमाडौं । बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
इन्डेपेन्डेन्ट मदर्स अफ नेपालले गरिमा चौधरीका लागि न्याय माग्दै रत्नपार्कमा विरोध र्याली आयोजना गरेको हो ।
रत्नपार्कबाट सुरु भएको र्याली घण्टाघरतर्फ अघि बढेको थियो । विभिन्न नारासहित प्रदर्शनकारीहरू घण्टाघर हुँदै पुनः रत्नपार्क फर्किएपछि र्याली सभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीहरूले घटनाका दोषीलाई कडा कानुनी कारबाही गर्न र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए ।
कार्यक्रमस्थलबाट खिचिएका तस्बिरहरू सार्वजनिक गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्