ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप


ABC NEWS
६ भदौ २०८३, शनिबार   २ : ४५   बजे

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध इजरायलको प्रधानमन्त्री कार्यालयले कडा टिप्पणी गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध टर्कीले पक्राउ पुर्जी जारी गरेपछि इजरायलले एर्दोगानमाथि गम्भीर आरोप लगाएको हो ।

गाजामा सहायता सामग्री बोकेका जहाज जफत गरेको आरोपमा टर्कीले नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको घोषणा गरेको थियो । त्यसको प्रतिक्रियामा शुक्रबार इजरायली प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत एर्दोगानलाई ‘यहुदीविरोधी तानासाह’को संज्ञा दिएको हो ।

विज्ञप्तिमा एर्दोगानमाथि कुर्दमाथि दमन गरेको, हमासका सदस्यलाई आश्रय दिएको, साइप्रसको भूभाग कब्जा गरेको तथा विपक्षी पत्रकार र राजनीतिकर्मीलाई ठूलो संख्यामा जेल हालेको आरोप लगाइएको छ ।

इजरायली प्रधानमन्त्री कार्यालयले एर्दोगानले इजरायलविरुद्धको आफ्नो अभियान सिरियासम्म विस्तार गर्न खोजेको आरोपसमेत लगाएको छ । यस्तो प्रयास आफूहरूलाई स्वीकार्य नहुने भन्दै इजरायली नेता तथा सैनिकलाई धम्क्याउने एर्दोगानको प्रयास सफल नहुने चेतावनीसमेत दिइएको छ ।

बढ्दो तनाव

इजरायल र टर्कीबीच पछिल्लो समय सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । विशेषगरी गाजामा जारी युद्ध र इजरायल–प्यालेस्टाइन द्वन्द्वका विषयमा टर्कीले इजरायलको कडा आलोचना गर्दै आएको छ । टर्कीको पछिल्लो कदमपछि दुई देशबीचको कूटनीतिक तनाव थप चर्किएको हो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’ अन्तर्राष्ट्रिय बजारमा, श्रीलङ्काको डायलग आजियाटासँग रणनीतिक सम्झौता

झलनाथ खनालको आरोप– ‘रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि’

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu