सुदूरपश्चिम, । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् ।
उनले अव्यवस्थित बसोबासी तथा भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण र समन्वय गर्न सरकार तयार रहेको बताउँदै स्थानीय तहलाई सहयोग गर्न आग्रह गरिन् ।
मन्त्री रावलले विकासका अन्य गतिविधिजस्तै भूमिसम्बन्धी समस्या समाधानलाई पनि प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गरिन् । यसका लागि आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको उनको भनाइ छ ।
यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा मन्त्री रावलले सरकारले ६०० दिनभित्र लालपुर्जा वितरण गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिइन् । उनले जिल्लाका सबै स्थानीय तहमा भूमिसम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा सहजीकरण गर्न समितिलाई आग्रह गरिन् ।
कैलालीमा लालपुर्जा वितरणको तयारी
भूमि समस्या समाधान समिति कैलालीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लामा चाँडै लालपुर्जा वितरण गर्ने तयारीबारे छलफल भएको जानकारी दिए ।
उनका अनुसार मन्त्री रावलले कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्