ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२५ वर्षदेखि तरकारीको बेर्ना बेच्दै रामप्रसाद, वार्षिक चार लाखसम्म बचत


ABC NEWS
६ भदौ २०८३, शनिबार   ३ : ३५   बजे

दाङ, भदौ ६ गते । घोराही उपमहानगरपालिका–१७ गुलरियाका रामप्रसाद चौधरी यतिबेला आफ्नो खेतबारीमा काउलीका बेर्ना हुर्काउन व्यस्त छन्। बेर्नाको गोडमेल, सिँचाइ तथा रोग–कीराबाट संरक्षणमा उनको दैनिक समय बित्ने गरेको छ।

काउलीसँगै बन्दा, खुर्सानी, टमाटर, लौका, करेलालगायत विभिन्न तरकारीका बेर्ना उत्पादन गरी बिक्री गर्नु चौधरीको २५ वर्षदेखिको नियमित व्यवसाय हो। यही व्यवसायबाट उनले राम्रो आम्दानी गर्दै आएका छन्।

पूर्ववडाध्यक्षसमेत रहेका चौधरीले तरकारी खेतीसँगै बेर्ना उत्पादनलाई आम्दानीको मुख्य आधार बनाएका छन्। १० कट्ठा जग्गामा मौसमअनुसार खुर्सानी, काउली, बन्दा, आलुलगायत तरकारी खेती गर्दै आए पनि उनको मुख्य प्राथमिकता बेर्ना उत्पादन नै हो।

‘तरकारी खेती पनि गर्दै आएको छु। तरकारी खेतिसँगै मैले २५ वर्षदेखि निरन्तर बेर्ना उत्पादन गरेर बेच्दै आएको छु,’ चौधरीले भने, ‘तरकारी खेतीभन्दा बेर्नाबाट राम्रो आम्दानी हुने भएकाले यसमै बढी ध्यान दिएको हुँ।’

उनका अनुसार खेतीमा लागेको सम्पूर्ण खर्च कटाएर वार्षिक करिब चार लाख रुपैयाँसम्म बचत हुने गरेको छ।

मागअनुसार बेर्ना उत्पादन

चौधरीले मौसम र किसानको मागअनुसार विभिन्न तरकारीका बेर्ना उत्पादन गर्छन्। काउली, बन्दा, खुर्सानी, टमाटर, लौका र करेलालगायतका बेर्ना स्थानीय किसानलाई बिक्री गर्दै आएका छन्।

उनका अनुसार बेमौसमी काउलीको बेर्ना प्रतिगोटा चार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। खेतीको मुख्य सिजनभन्दा केही समयअघि बेर्ना तयार गर्न सके काउली, बन्दा, खुर्सानी र टमाटरका बेर्नाको माग तथा मूल्य दुवै राम्रो हुने उनको अनुभव छ।

‘बेमौसममा बेर्नाको मूल्य राम्रो हुन्छ,’ उनले भने, ‘किसानले रोप्ने समय र बजारको माग हेरेर बेर्ना उत्पादन गर्छु।’

तर बेर्ना उत्पादन सहज व्यवसाय भने नभएको उनको अनुभव छ। वर्षायाममा अत्यधिक पानीबाट बेर्ना जोगाउनुपर्ने हुन्छ भने हिउँदमा चिसोका कारण बेर्ना उमार्न कठिन हुन्छ। बीउ उम्रिएदेखि बिक्रीयोग्य नहुन्जेलसम्म नियमित गोडमेल, सिँचाइ तथा रोग–कीराबाट संरक्षण गर्नुपर्ने चौधरी बताउँछन्।

जैविक विधिमा जोड

चौधरीले बेर्ना तथा तरकारी खेतीमा रासायनिक मल र विषादीको प्रयोग कम गर्दै प्राङ्गारिक मल तथा जैविक औषधीलाई प्राथमिकता दिने गरेका छन्।

‘प्राङ्गारिक मल र जैविक औषधी प्रयोग गर्दै आएको छु,’ उनले भने, ‘बेर्ना स्वस्थ र गुणस्तरीय बनाउन त्यसको हेरचाहमा विशेष ध्यान दिनुपर्छ।’

लामो समयदेखि बेर्ना उत्पादन गर्दै आएका कारण कुन मौसममा कुन तरकारीको बेर्नाको माग बढी हुन्छ भन्ने अनुभव आफूलाई भएको चौधरी बताउँछन्। त्यही अनुभवका आधारमा समय, मौसम र बजारको मागअनुसार बेर्ना तयार गर्ने गरेको उनको भनाइ छ।

तरकारी खेतीसँगै बेर्ना उत्पादनलाई व्यावसायिक रूप दिँदा राम्रो आम्दानी गर्न सकिने उदाहरण चौधरीको व्यवसायले देखाएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’ अन्तर्राष्ट्रिय बजारमा, श्रीलङ्काको डायलग आजियाटासँग रणनीतिक सम्झौता

झलनाथ खनालको आरोप– ‘रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि’

सम्बन्धित

उखु किसानको पसिनामाथि उद्योगीको उधारो : नवलपरासीमा वर्षौँदेखि अड्किएको करोडौँ भुक्तानी

कालीमाटीमा तरकारीको मूल्यमा उतारचढाव, प्याज र च्याउ महँगिए

किसानको मल वीरगन्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

म्याग्दी :  एक वर्षमा ७३ करोडको आलु र सुन्तला बिक्री

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा १.९२ प्रतिशत बढी

गाँजा खेतीबारे सरकार सकारात्मक, कानुनी व्यवस्था गर्न अर्थमन्त्री वाग्लेको पहल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu