ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपीएलका लागि चितवन राइनोजमा जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा


ABC NEWS
७ भदौ २०८३, आइतबार   ७ : १५   बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले जिम्बाब्वेका अनुभवी स्टार अलराउन्डर सिकन्दर राजालाई टोलीमा अनुबन्ध गरेको छ।

क्लबले सामाजिक सञ्जालमार्फत सिकन्दर राजालाई टोलीमा भित्र्याइएको जानकारी सार्वजनिक गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवी अलराउन्डरका रूपमा परिचित राजाको आगमनसँगै चितवन राइनोजले आगामी सिजनका लागि आफ्नो टोली थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

सिकन्दर राजा नेपाली फ्रेन्चाइज क्रिकेटसँग पनि परिचित खेलाडी हुन्। उनले यसअघि सन् २०२१ मा आयोजना भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सबाट खेलिसकेका छन्। त्यसैले नेपाली क्रिकेटको वातावरण र यहाँको फ्रेन्चाइज प्रतियोगिताको अनुभवसमेत उनीसँग रहेको छ।

राजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेको प्रतिनिधित्व गर्दै १३३ खेल खेलिसकेका छन्। उनले यस अवधिमा ३ हजार ८९ रन बनाउनुका साथै १०७ विकेट लिएका छन्। ब्याटिङ र बलिङ दुवै क्षेत्रमा योगदान दिन सक्ने भएकाले उनी चितवन राइनोजका लागि महत्वपूर्ण विदेशी खेलाडी बन्न सक्ने अपेक्षा गरिएको छ।

चितवन राइनोजले सिकन्दर राजालाई अनुबन्ध गरेसँगै तेस्रो सिजनका लागि आफ्नो विदेशी खेलाडीको सूची थप बलियो बनाएको छ। उनी टोलीमा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन्। यसअघि क्लबले इंग्ल्यान्डका अनुभवी क्रिकेटर रवि बोपारालाई निरन्तरता दिइसकेको छ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने तालिका छ। प्रतियोगिताका लागि फ्रेन्चाइज टोलीहरूले स्वदेशी तथा विदेशी खेलाडीको संयोजनसहित आफ्नो तयारीलाई तीव्र बनाइरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा बहाव बढ्ने

गुल्मीको ‘धुर्कोट ग्रेटवाल’ बन्दै नयाँ पर्यटकीय गन्तव्य

सम्बन्धित

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

बायर्न म्युनिखले जित्यो डीएफएल सुपरकप, डर्टमन्ड २–१ ले पराजित

इन्टर मिलानको विजयी सुरुवात, मोन्जामाथि ४–१ को शानदार जित

रियल मड्रिडको विजयी सुरुवात, इस्पानियोलमाथि २–१ को संघर्षपूर्ण जित

बेलिङघम र एस्पी चम्किँदा रियाल मड्रिडको रोमाञ्चक जित

पीएसए नेपाल स्याटेलाइट स्क्वास : दीपक थापाको विजयी सुरुवात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu