ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान


ABC NEWS
७ भदौ २०८३, आइतबार   ९ : ४५   बजे

काठमाडौं । नेपाली एथलेट सन्तोषी श्रेष्ठले वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर (सिल्भर) २०२६ अन्तर्गत महिला पाँच हजार मिटर दौडमा कांस्यपदक जितेकी छन्।

भारतको भुवनेश्वरमा शनिबार भएको प्रतियोगितामा सन्तोषीले पाँच हजार मिटर दूरी १७ मिनेट ३१.७५ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी हुन्।

प्रतियोगितामा केन्याकी डिएना वान्जाले स्वर्ण तथा भारतकी भारतीले रजतपदक जितिन्। वान्जाले १५ मिनेट १६.११ सेकेन्डमा दूरी पूरा गर्दा भारतीले १५ मिनेट ४६.४५ सेकेन्डमा दौड पूरा गरिन्।

सोमबहादुरको राष्ट्रिय कीर्तिमान

सोही प्रतियोगिताको पुरुष ८०० मिटर दौडमा नेपालका सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

त्रिभुवन आर्मी क्लबका कुमालले ८०० मिटर दूरी एक मिनेट ४९.५५ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको पुरानो राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्।

यसअघि कुमालले सन् २०१८ मा इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदमा एक मिनेट ५०.२५ सेकेन्डमा ८०० मिटर दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए।

एसियाली खेलकुदको तयारी

सन्तोषी श्रेष्ठ र सोमबहादुर कुमाल दुवै जापानको आइची–नागोयामा आगामी महिना आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका छन्।

कन्टिनेन्टल टुरमा प्राप्त पदक र राष्ट्रिय कीर्तिमानले उनीहरूको एसियाली खेलकुदको तयारीलाई थप उत्साह प्रदान गरेको छ। दुवै खेलाडीले एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित प्रशिक्षण गरिरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

बायर्न म्युनिखले जित्यो डीएफएल सुपरकप, डर्टमन्ड २–१ ले पराजित

इन्टर मिलानको विजयी सुरुवात, मोन्जामाथि ४–१ को शानदार जित

रियल मड्रिडको विजयी सुरुवात, इस्पानियोलमाथि २–१ को संघर्षपूर्ण जित

बेलिङघम र एस्पी चम्किँदा रियाल मड्रिडको रोमाञ्चक जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu