ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको पार्टीप्रति सुदन किरातीको टिप्पणी– ‘इन्जिन चुँडिएको रेलको डब्बाजस्तो’


ABC NEWS
७ भदौ २०८३, आइतबार   १० : ५५   बजे

काठमाडौँ । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पूर्वसहकर्मी तथा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गरिरहेको आलोचनाको जवाफ दिएका छन्।

मोरङमा आयोजित कार्यक्रममा बोल्दै किरातीले देशको हित हुन्छ भने आफू जस्तोसुकै आलोचना सहन तयार रहेको बताए। उनले आफूले प्रचण्ड नेतृत्वको पार्टी छाडेपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेको बताए।

“धेरै साथीहरूले फेसबुकमा लेख्छन्, प्रचण्डको पार्टीमा बस्दा त प्रश्न गर्न दिन्न भन्थ्यो सुदन किराती । अहिले त आफैँ पो मर्यो कि क्या हो ? भन्छन् । मेरो सराद्ध दिनैपिच्छे भइराखेको छ उता । मैले सहँदा देशको हितमा हुन्छ भने म जति पनि सहन तयार छु,” उनले भने।

किरातीले आफूले लगाउने पोसाक र पार्टीले गाउने गीतलाई लिएर समेत सामाजिक सञ्जालमा टिप्पणी हुने गरेको बताए। आफूलाई ‘अब गीत कण्ठ भयो ?’ भन्दै इनबक्समा समेत सन्देश आउने गरेको उनले सुनाए।

आफूहरूले गाउने गीतमा देश, श्रम र स्वाभिमानको भावना रहेको उनको भनाइ थियो। उनले आफू आबद्ध पार्टीमा कुनै व्यक्ति वा परिवारको स्तुतिगान गर्ने गीत नरहेको बताए।

“हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ, कहिल्यै नझुक्ने शिर उभिएको स्वाभिमानी नेपाली हुन्छ ठिक छ। तर त्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजा–रानी हुन्छ भन्ने गीत छैन यहाँ,” उनले भने।

उनले आफूहरूको पार्टीमा राजतन्त्र वा परिवारतन्त्रको स्तुतिगान गर्ने गीत नरहेको टिप्पणी गरे।

“श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति, श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति भन्ने गीत छैन यहाँ। कुनै परिवार र परिवारतन्त्रको स्तुतिगान छैन यहाँ,” किरातीले भने।

‘इन्जिन चुँडिएको रेलको डब्बामा बसेर इनबक्स नगर्नुहोस्’

किरातीले आफूहरूमाथि आलोचना गर्ने पूर्वसहकर्मीहरूलाई श्रम संस्कृति पार्टीमा आउनसमेत आग्रह गरे। आफूहरूले उनीहरूलाई स्वागत गर्ने उनको भनाइ थियो।

“तपाईं बरु सक्नुहुन्छ भने आउनुहोस्, तपाईंहरूलाई हाम्रो पार्टीमा फूलमालाले नसके पनि माटोको टीका लगाएर स्वागत गर्नेछौँ,” उनले भने।

उनले प्रचण्ड नेतृत्वको पार्टीप्रति कटाक्ष गर्दै पूर्वसहकर्मीहरूलाई सामाजिक सञ्जालमार्फत आफूहरूलाई आलोचना नगर्न आग्रह गरे।

“इन्जिन चुँडिएको रेलको डब्बामा बसेर हामीलाई इनबक्स नगर्नुहोस्। कृपया, समयले तपाईंलाई छोडिसकेको छ,” किरातीले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कांग्रेस प्रतिष्ठानले १ करोड दिने, उद्धारमा सरकारलाई सघाउने

व्यवसायी रोहित गुप्तालाई २ करोड धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

उद्धारका लागि अमेरिकी सेनाका दुई विमान नेपालमा, लोडरसहित ५ हजार सामग्री ल्याइयो

भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्रीको जवाफ, विपक्षी दलको प्रश्न–‘उद्धारमा सरकार असफल’

डीएनए परीक्षण र शव पहिचानमा सघाउन सिंगापुरको टोली नेपालमा

एनएमबि बैंकद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

बाढीपीडितका लागि कांग्रेस प्रतिष्ठानले १ करोड दिने, उद्धारमा सरकारलाई सघाउने

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराजसिंह थापा नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu