ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेसीलाई विपक्षी खेलाडीमाथि हात उठाएको आरोपमा एमएलएसको कारबाही


ABC NEWS
७ भदौ २०८३, आइतबार   १२ : २५   बजे

लस एन्जलस । विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसी विपक्षी खेलाडीमाथि हात उठाएको आरोपमा कारबाहीमा परेका छन्। मेजर लिग सकर (एमएलएस)को अनुशासन समितिले खेल भावना विपरीत कार्य गरेको भन्दै मेसीलाई जरिवाना गर्ने निर्णय गरेको हो।

बुधबार राति इन्टर मियामी र फिलाडेल्फिया युनियनबीच भएको तनावपूर्ण खेलका क्रममा घटना भएको थियो। खेलको १०१औँ मिनेटमा फिलाडेल्फियाका खेलाडी क्विन सुलिभानले आफूलाई कुहिनोले प्रहार गरेको दाबी गरेपछि मेसी आक्रोशित भएका थिए।

सोही क्रममा मेसीले सुलिभानको टाउकोको पछाडिपट्टि र घाँटीको क्षेत्रमा खुला हातले प्रहार गरेको भिडियोमा देखिएको थियो।

मैदानका मुख्य रेफ्री फिलिप डुजिकको ध्यान अन्यत्र रहेकाले उनले घटनालाई तत्काल देखेनन् र मेसीले त्यसबेला कुनै कार्ड पाएनन्। तर, खेलपछि भिडियो समीक्षा तथा अनुशासन समितिको छानबिनपछि मेसीलाई दोषी ठहर गरिएको हो।

नियम उल्लङ्घनमा जरिवाना

एमएलएसको नियमअनुसार विपक्षी खेलाडीको अनुहार, टाउको वा घाँटीमा जानाजानी हात पुर्‍याउनु गम्भीर नियम उल्लङ्घन मानिन्छ। यही प्रावधानअन्तर्गत मेसीलाई जरिवाना गरिएको हो। यद्यपि, अनुशासन समितिले जरिवानाको रकम सार्वजनिक गरेको छैन।

तनावपूर्ण बनेको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। इन्टर मियामीका लागि मेसीले एक गोल गरेका थिए।

केही समयअघि आफ्ना बुबा जोर्गे मेसीको निधनपछि मैदान फर्किएका मेसीले उक्त गोल आफ्ना दिवंगत बुबाप्रति समर्पित गरेका थिए।

खेलको अन्तिम समयमा तनाव थप बढेपछि दुवै टोलीका एक–एक खेलाडीले रातो कार्डसमेत पाएका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu