मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री बालेन परिवारका सदस्यसहित शनिबार मुस्ताङ आएका थिए । शनिबार अपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।
मुक्तिनाथ दर्शन
प्रधानमन्त्री बालेन शनिबार मुस्ताङ पुगेपछि मुक्तिनाथको दर्शन गरेका थिए । उनले मुक्तिनाथमा विशेष पूजाअर्चना गरेका थिए, जसलाई जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले पुष्टि गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्