ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक


ABC NEWS
७ भदौ २०८३, आइतबार   १२ : ३५   बजे

काठमाडौं । जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपालले स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यका साथ करिब तीन वर्षदेखि मिसन–२०२६ अन्तर्गत प्रशिक्षण गरिरहेको छ । सोही उद्देश्यले २२ खेलमा १३७ खेलाडी— ८० पुरुष र ५७ महिला गरी जापानको यात्रा तय गर्दै छन्, जसमा ३२ प्रशिक्षक पनि सहभागी हुनेछन् ।

चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा २५३ जना खेलाडी (१२६ पुरुष र १२७ महिला) सहभागि भएका थिए। नेपालले सन् १९८६ देखि एसियाली खेलकुदमा सहभागिता जनाउन थालेको हो, तर चार दशकको अवधिमा पनि दोहोरो अंकको पदकसम्म पुग्न सकेको छैन ।

नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको सन् १९८६ मा आठवटा कांस्यपदक जितेको थियो— जुन नेपालको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो। त्यसबेला बक्सिङ र तेक्वान्दोबाट चार–चार कांस्य पदक प्राप्त भएको थियो । समग्रमा, नेपालले हालसम्म तीन रजत र २३ कांस्य गरी कुल २६ पदक जितेको छ।

पदक तालिका

हालसम्म तेक्वान्दोले सबैभन्दा बढी १ रजत र १३ कांस्य गरी १४ पदक जितेको छ। यसैगरी, बक्सिङले ६ कांस्य, कराँतेले १ रजत र ३ कास्य, पुरुष प्याराग्लाइडिङ टोलीले १ रजत तथा महिला कबड्डी टोलीले १ कास्य पदक जितेका छन् । तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८, प्याराग्लाइडिङ टिमले २०१८ र कराँतेकी एरिका गुरुङले सन् २०२३ मा नेपाललाई रजतपदक दिलाएका थिए।

रजत पदक विजेताहरू

सविता राजभण्डारी तेक्वान्दोमा नेपालको लागि पहिलो रजतपदक विजेता बनिन् । उनले सन् १९९८ को १३औँ एसियाली खेलकुदमा थाइल्यान्डमा महिला फेदरवेट ५५ केजीमुनिमा रजतपदक जितेकी थिइन्। फाइनलमा उनी चाइनिज ताइपेइकी हसु चि लिङ्गसँग पराजित भएकी थिइन् ।

दोस्रो रजतपदक प्याराग्लाइडिङ टोलीले जितेको थियो। सन् २०१८ को इन्डोनेशियाको एसियाली खेलकुदअन्तर्गत क्रस कन्ट्री इभेन्टमा नेपालको पुरुष टोलीले रजतपदक प्राप्त गरेको हो, जसमा विमल अधिकारी, विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी थिए। नेपाली टोली जापानभन्दा केही अंकले पछि परेको थियो । नेपालले ११ हजार ३६४ अंक प्राप्त गर्दा जापानले ११ हजार ३९१ अंक हासिल गरेको थियो।

त्यस्तै, कराँते स्टार एरिका गुरुङले चीनको हाङझाउमा भएको पछिल्लो एसियाली खेलकुदमा २४ वर्षपछि नेपाललाई व्यक्तिगत रजतपदक दिलाएकी थिइन् । कुमुतेको महिला ६८ केजीमाथिको स्पर्धामा काजकिस्तानकी सोफिया बेरुल्टसेभासँग ३–० ले पराजित हुँदा एरिकाको स्वर्णपदक जितेको सपना अधुरै रह्यो। यसअघि उनले जापानकी युजुकी सवाइ र हङकङकी हो काइ याङलाई हराएकी थिइन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

मेसीलाई विपक्षी खेलाडीमाथि हात उठाएको आरोपमा एमएलएसको कारबाही

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu