मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङबाट सडकमार्ग हुँदै आज बिहान काठमाडौँ प्रस्थान गरेका छन्।
शनिबार दिउँसो परिवारका सदस्यसहित मुस्ताङ पुगेका प्रधानमन्त्री शाह आइतबार बिहान जोमसोमबाट काठमाडौँतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए।
शनिबार अपराह्न प्रधानमन्त्री शाहले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए। उनी जोमसोम–बेनी सडकमार्ग हुँदै सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाह शनिबार परिवारसहित मुस्ताङ पुगेका थिए। मुस्ताङ भ्रमणका क्रममा उनले मुक्तिनाथको दर्शन तथा पूजाअर्चना गरेका थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्