सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगरका पूर्वनगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा न्यौपानेलाई पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा थापाले न्यौपानेलाई टीका र खादा लगाएर कांग्रेसमा स्वागत गरेका थिए।
रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आबद्ध हुन पाउँदा खुसी लागेको बताए। मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सही निकास दिन सभापति थापाको नेतृत्वमा कांग्रेस अघि बढिरहेकाले आफू कांग्रेसमा आबद्ध भएको बताए।
कांग्रेसमा आबद्ध भएर आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
सो अवसरमा सभापति थापाले न्यौपानेलाई पार्टीका नेता तथा कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय रूपमा काम गर्न आग्रह गरे। न्यौपानेको प्रवेशले सर्लाहीमा कांग्रेसको संगठन विस्तारमा थप सहयोग पुग्ने उनको विश्वास थियो।
सभापति थापाले न्यौपानेजस्ता अनुभवी व्यक्तित्वको पार्टी प्रवेशले आगामी दिनमा कांग्रेसलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए। सर्लाहीमा पार्टीको संगठन विस्तारमा न्यौपानेको योगदान महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्