ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात


ABC NEWS
७ भदौ २०८३, आइतबार   ५ : ०५   बजे

मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र शाहको टोली शनिबार मुस्ताङको जोमसोमस्थित चर्चित तथा ऐतिहासिक होटल ओम्स होम्समा बसेको छ। बलिउड अभिनेता अमिताभ बच्चन कुनै समय चलचित्र छायाङ्कनका क्रममा मुस्ताङ आउँदा यही होटलमा बसेको बताइन्छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा शुक्रबार रात बिताएको प्रधानमन्त्री शाहको टोली शनिबार स्थलमार्ग हुँदै जोमसोम पुगेको हो। प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार टोली दिउँसो करिब ३ बजे जोमसोम आइपुगेको थियो।

जोमसोम पुगेपछि प्रधानमन्त्री शाहको टोलीले शनिबार नै मुक्तिनाथको दर्शन गरेको र साँझ पुनः होटल फर्किएको थियो।

प्रधानमन्त्रीको स्वागतका लागि होटल र आसपासको क्षेत्रमा विशेष तयारी गरिएको थियो। पुथाङ विमानस्थल आसपासका स्थानीयवासी प्रधानमन्त्रीको स्वागतका लागि प्रतीक्षामा रहे पनि टोली सर्वसाधारणलाई जानकारी नदिई सिधै होटल पुगेको बताइएको छ। टोलीले होटलको मुख्य प्रवेशद्वारको सट्टा पछाडिको गेट प्रयोग गरेको थियो।

प्रधानमन्त्रीसहितको टोली छ वटा सवारीसाधनमा मुस्ताङ पुगेको हो। जोमसोमस्थित होटल ओम्स होम्सलाई जिल्लाकै स्तरीय होटलमध्ये एक मानिन्छ। घरपझोङ गाउँपालिका–२, मार्फाका बासिन्दा तथा पूर्व जिल्ला विकास समिति सभापति विष्णुराज हिराचनले स्थापना गरेको होटल हाल त्रिपल गुरुङले सञ्चालन गर्दै आएका छन्। होटलमा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूसमेत बस्ने गरेको बताइन्छ।

प्रधानमन्त्री बसेको होटलको सुरक्षाका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शाहको टोली आइतबार उपल्लो मुस्ताङतर्फ जाने कार्यक्रम रहेको छ।

अस्ताममा स्थानीय स्वाद र इको टुरिजमको अनुभव

यसअघि शुक्रबार अस्तामस्थित अन्नपूर्ण इको भिलेज पुगेको प्रधानमन्त्री शाहको टोलीले स्थानीय उत्पादनमा आधारित परिकारको स्वाद लिएको थियो। योग, ध्यान, कृषि तथा वेलनेस पर्यटनका लागि परिचित उक्त रिसोर्टमा प्रधानमन्त्री र टोलीका सदस्यहरूले योगसमेत गरेका थिए।

रिसोर्ट सञ्चालक विश्व अधिकारीका अनुसार प्रधानमन्त्रीका लागि छुट्टै वा विशेष परिकार तयार गरिएको थिएन। टोलीले सिस्नु, कोदोको रोटी, मकैको रोटी र इको टीलगायत स्थानीय परिकारको स्वाद लिएको थियो।

प्रधानमन्त्री शाहसँग इको टुरिजम, नेपाली मोडलको इको भिलेज, कृषि पर्यटन, वेलनेस पर्यटन र स्थानीय उत्पादनमार्फत आत्मनिर्भरता विकास गर्ने विषयमा समेत छलफल भएको अधिकारीले बताए।

उनका अनुसार प्रधानमन्त्री र टोलीको भ्रमण मनोरञ्जनमा मात्र सीमित नभई गाउँको जीवनशैली, स्थानीय अर्थतन्त्र र इको टुरिजमको सम्भावनाबारे प्रत्यक्ष अनुभव र अध्ययन गर्ने उद्देश्यसँग पनि जोडिएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

लामिछाने: ‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ’

सम्बन्धित

म्याग्दीमा पर्यटकीय पूर्वाधार विस्तार, एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण

६ नयाँ ‘आठ हजारिया’ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

उदयपुरगढी दरबारको आकर्षक ड्रोन तस्बिर सार्वजनिक

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

बागलुङको चौरीखर्क : बादल, फूल र हिमालको संगम, पर्यटकको रोजाइँ बन्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu