ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ


ABC NEWS
७ भदौ २०८३, आइतबार   ९ : ३५   बजे

चितवन । आफ्नै १९ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले एक ४५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार पीडित युवती स्वयं प्रहरी कार्यालयमा पुगेर बाबुविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति परिवारका अन्य सदस्यसँग जापानमा बस्दै आएका थिए। उनकी श्रीमती र छोरा जापानमै रहेका बेला उनी भने करिब आठ महिनाअघि नेपाल आएका थिए। नेपालमा रहेकी छोरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आएको प्रारम्भिक जानकारी प्रहरीलाई प्राप्त भएको छ।

बाबु–छोरी मात्रै घरमा रहेको प्रहरीको भनाइ

अनुसन्धानका क्रममा घटनाका बेला बाबु र छोरी मात्रै घरमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। पीडितले दिएको जाहेरीअनुसार गत साउन २८ गते मदिरा सेवन गरेका बाबुले धम्की दिँदै आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्।

घटनापछि पीडित युवतीले प्रहरीसमक्ष जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले भदौ ४ गते आरोपित पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार आरोपितमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धान पूरा नभएसम्म घटनासँग सम्बन्धित अन्य विवरण सार्वजनिक गर्न नमिल्ने जनाएको छ। आरोप पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

पर्वतमा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu