ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार


ABC NEWS
७ भदौ २०८३, आइतबार   १० : १५   बजे

बाँके । राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद्का बेला समुदायस्तरमै खोज तथा उद्धारमा खटिन सक्ने ४९ जना स्वयंसेवक तयार गरेको छ।

बाढी, डुबान, आगलागी, भूकम्पलगायत विपद्का घटनामा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएकाले तत्काल उद्धारका लागि स्थानीय जनशक्ति तयार गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकाका सबै वडालाई लक्षित गरी स्वयंसेवक तयार पारिएको हो। उद्धार टोली पुग्न ढिलाइ हुँदा घाइते तथा बेपत्ताको अवस्था थप जोखिमपूर्ण बन्न सक्ने भएकाले समुदायमै आवश्यक सीप भएको जनशक्ति तयार गरिएको उनले बताए।

“प्राकृतिक विपद् पर्नासाथ सुरक्षाकर्मी नपुग्दासम्म समुदायमा के–कसो गर्ने भन्ने अन्योल हुने गरेको थियो। अब त्यस्तो अवस्था आउने छैन,” अध्यक्ष पौडेलले भने, “बाढीमा फसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सीपसहित विपद् व्यवस्थापन स्वयंसेवक तयार भएका छन्।”

गाउँपालिकाले सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्व गण शम्शेरगञ्जसँगको साझेदारी तथा समन्वयमा १८ दिने तालिम सञ्चालन गरेको थियो। तालिमपछि सहभागीलाई पालिकास्तरीय विपद् व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन गरिएको हो।

सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्व गण शम्शेरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याम रावतका अनुसार तालिममा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक जानकारीसँगै सम्भावित विपद्का बेला तत्काल घटनास्थलमा पुगेर उद्धार गर्ने व्यावहारिक अभ्याससमेत गराइएको थियो।

राप्ती सोनारी–२ की तालिमप्राप्त स्वयंसेवक रती वलीले तालिमपछि उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक सीप हासिल भएको बताइन्। विपद् पर्दा समुदायमै तत्काल उद्धार तथा सहयोगका लागि खटिन आफू तयार रहेको उनको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

पर्वतमा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu