ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 शंखमुल होस्टेलमा युवक हत्या प्रकरणमा थप दुई पक्राउ


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : २५   बजे

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा, कलैया उपमहानगरपालिका–३ का १९ वर्षीय प्रमित पटेल र महोत्तरी, लोहरपट्टी नगरपालिका–६ का २३ वर्षीय आलोक ठाकुर रहेका छन्। दुवै जना सोही होस्टेलमा बस्दै आएका थिए।

प्रहरीका अनुसार पटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भैँसेबाट र ठाकुरलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो। यसअघि प्रहरीले होस्टेलमै बस्ने कलैया–३ का १९ वर्षीय शेखर यादवलाई पक्राउ गरेको थियो।

शुक्रबार बिहान करिब १० बजे होस्टेलको कोठा नम्बर १०९ मा २२ वर्षीय बसन्त कालाथोकी धारिलो हतियार प्रहारबाट गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई तत्काल निजामती कर्मचारी अस्पताल, मिनभवन लगिए पनि उपचारका क्रममा दिउँसो करिब १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

पाँच दिनको म्याद

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका पटेल, ठाकुर र यादवविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

‘सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फर्किन्छ ?’— सांसद गच्छदार

गोदावरी घटनामा ‘हत्या’को आरोप : एमाले प्रमुख सचेतक महरले संसद्मा उठाए प्रश्न

कञ्चनपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

भारत लैजाँदै गरेको अवस्थामा १५ किलो चरेस र अफिमसहित पाँच महिला पक्राउ

पर्वतमा १० तोला सुनसहित युवक पक्राउ, होटल सञ्चालकको घरबाट गहना चोरी गरेको आरोप

काठमाडौँबाट आएर रामेछापमा युवकमाथि आक्रमण, ८ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu