काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको थियो।
यसअघि बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ र शुक्रबार ३ हजार ३ सय रुपैयाँ बढेको थियो। आजसहित पछिल्ला चार कारोबार दिनमा सुनको मूल्य तोलामा १८ हजार ६ सय रुपैयाँ बढिसकेको छ।
यता चाँदीको मूल्य भने लगातार दोस्रो दिन घटेको छ। हिजो तोलामा १० रुपैयाँ घटेको चाँदी आज पनि १० रुपैयाँले घटेर ४ हजार ९ सय ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
यसअघि माघ १५ गते सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, माघ १५ गते चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार ५ सय ५ रुपैयाँ प्रतितोला पुगेको थियो। माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँ घटेको थियो, जुन हालसम्मकै ठूलो एकदिने गिरावट हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्