काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्सटबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार सिंहदरबास्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको सो भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, शिक्षा, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।
प्रमुख सचेतक थापाले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप बलियो बनाउन संसदीय तहको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले दुवै देशका सांसदबीच नियमित संवाद र अनुभव आदानप्रदान बढाउनुपर्नेमा जोड दिइन्। थापाले नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुई देशका सांसदबीचको संस्थागत सम्बन्ध विस्तार गर्नुपर्ने पनि बताइन्।
राजदूत अर्न्सटले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय सहकार्य र जनस्तरीय सम्बन्ध महत्त्वपूर्ण रहेको बताए। उनले शिक्षा, मानव संशाधन विकास तथा संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न अस्ट्रेलियाका तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्