ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 मानवीय सेवामा सहकार्य गर्न एनआरएनए र नेपाल रेडक्रसबीच सम्झौता


ABC NEWS
८ भदौ २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सेवा तथा परोपकारी कार्यमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सोमबार आयोजित एक कार्यक्रममा दुई संस्थाले विपद् व्यवस्थापन, राहत तथा मानवीय सेवाका क्षेत्रमा थप संगठित र प्रभावकारी रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले रेडक्रस र एनआरएनएको कार्य प्रकृतिमा धेरै समानता रहेको बताए। एनआरएनएको तीन प्रमुख स्तम्भमध्ये मानवीय सहायता तथा परोपकार पनि एक रहेको उल्लेख गर्दै उनले नयाँ समझदारीले सेवा क्षेत्रमा सहकार्यको नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

अध्यक्ष शर्माका अनुसार एनआरएनएको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हाल विश्वका ९२ देशमा विस्तार भइसकेको छ। यस कार्यकालभित्र यसलाई १०० देशमा पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

उनले कोभिड–१९ महामारीका समयमा कतारलगायत विभिन्न देशमा रेडक्रससँग मिलेर काम गरिसकेको स्मरण गरे। साथै, एनआरएनएले नेपालका पाँच प्रदेशमा ‘ब्लड बस’ हस्तान्तरण गरिसकेको र बाँकी दुई प्रदेश तथा केन्द्रका लागि थप तीनवटा बस उपलब्ध गराउने योजना रहेको जानकारी दिए।

विदेशमा रहेका नेपालीका लागि पनि सहकार्य

समझदारीपत्रसँगै नेपालभित्र मात्र नभई विदेशमा रहेका नेपाली समुदायका लागि पनि रेडक्रससँग सहकार्य विस्तार गर्ने एनआरएनएको योजना रहेको शर्माले बताए।

विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको ठूलो संख्या रहेका मध्यपूर्व तथा मलेसियाजस्ता मुलुकमा राहत र मानवीय सहायता कार्यक्रम सञ्चालन गर्न समन्वय गरिने उनले बताए।

त्यस्तै, दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालको माटो र सामाजिक सेवासँग जोड्ने उद्देश्यले ‘स्वयंसेवक कार्यक्रम’मार्फत नेपाल रेडक्रसका विभिन्न गतिविधिमा सहभागी गराउने योजना पनि एनआरएनएले अघि सारेको छ।

विपद् राहतमा पनि जोड

आगामी मनसुनमा हुन सक्ने प्राकृतिक विपद्लाई मध्यनजर गर्दै एनआरएनएले तत्काल राहत कोष संकलनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

समझदारीपत्रले विपद् प्रतिकार्य, राहत वितरण, रक्तदान, मानवीय सहायता तथा विदेशमा रहेका नेपाली समुदायसँग सम्बन्धित परोपकारी कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तथा अन्तर्राष्ट्रिय रेडक्रस महासंघका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

किसानलाई दूधको भुक्तानी समयमै दिन सरकारका नाममा सर्वोच्चको परमादेश

लगातार रिल्स स्क्रोल गर्दा मस्तिष्कको आत्मनियन्त्रण प्रणालीमा असर पर्न सक्ने अध्ययनको निष्कर्ष

त्रिभुवन विमानस्थलबाट ७२ लाखको मोबाइल–ल्यापटपका पार्टपुर्जा र चुरोट बरामद

सभामुख अर्यालले गंगालाल अस्पतालमा गराए स्वास्थ्य परीक्षण

विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँछौँ : सञ्चारमन्त्री तिमिल्सिना

 बैंकको नाफा चम्कियो, तर खराब कर्जा किन झन् बढ्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu