ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 नेपालमा विपद् तयारी उपकेन्द्र स्थापना गर्न सरकार र एडीपीसीबीच सम्झौता


ABC NEWS
८ भदौ २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौं । नेपालमा विपद् तयारी उपकेन्द्र स्थापना गर्न एसियाली विपद् तयारी केन्द्र (एडीपीसी) र नेपाल सरकारबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राई र गृह सचिव तथा एडीपीसी बोर्ड अफ ट्रस्टीजका अध्यक्ष राजकुमार श्रेष्ठको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सहसचिव विष्णुप्रसाद गौतम र एडीपीसीका कार्यकारी निर्देशक असलम परवेजले हस्ताक्षर गरेका हुन्।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार प्रस्तावित उपकेन्द्रले नेपालको विपद् उत्थानशीलता क्षमता अभिवृद्धि गर्नुका साथै दिगो विकासका लक्ष्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्य

एसियाली विपद् तयारी केन्द्र (एडीपीसी) एक गैरनाफामूलक अन्तरसरकारी संस्था हो, जसले एसिया तथा प्रशान्त क्षेत्रका मुलुकहरूमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र विपद् व्यवस्थापन क्षमताको विकासमा सहकार्य गर्दै आएको छ।

नेपाल हाल सन् २०२५–२०२६ का लागि एडीपीसी बोर्ड अफ ट्रस्टीजको अध्यक्ष पदमा रहेको छ। यस सन्दर्भमा नेपालमा उपकेन्द्र स्थापना गर्ने सम्झौतालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा विपद् व्यवस्थापनसम्बन्धी सहकार्य विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

क्षमता अभिवृद्धिमा जोड

नेपाल सरकारले विपद् व्यवस्थापन तथा पूर्वतयारी क्षमता अभिवृद्धिका लागि विभिन्न पहल गर्दै आएको छ। सोही प्रयासअन्तर्गत एडीपीसीसँग सहकार्य गरी विपद् तयारी उपकेन्द्र स्थापना गर्ने सहमति भएको हो।

सम्झौतापत्रमार्फत नेपालले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, क्षमता विकास तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोग परिचालनका क्षेत्रमा थप सहयोग प्राप्त गर्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

किसानलाई दूधको भुक्तानी समयमै दिन सरकारका नाममा सर्वोच्चको परमादेश

लगातार रिल्स स्क्रोल गर्दा मस्तिष्कको आत्मनियन्त्रण प्रणालीमा असर पर्न सक्ने अध्ययनको निष्कर्ष

त्रिभुवन विमानस्थलबाट ७२ लाखको मोबाइल–ल्यापटपका पार्टपुर्जा र चुरोट बरामद

सभामुख अर्यालले गंगालाल अस्पतालमा गराए स्वास्थ्य परीक्षण

विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँछौँ : सञ्चारमन्त्री तिमिल्सिना

 बैंकको नाफा चम्कियो, तर खराब कर्जा किन झन् बढ्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu