ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४० दिनपछि तातोपानी नाका जोड्ने इको सडक सञ्चालनमा


ABC NEWS
८ भदौ २०८३, सोमबार   १० : ०५   बजे

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने बाह्रबिसे–तातोपानी सडकअन्तर्गत इको खण्ड सोमबारदेखि सञ्चालनमा आएको छ।

भोटेकोसी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा गत असार ३१ गते पहिरोसँगै सडक भासिएपछि सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि सोमबारदेखि उक्त खण्डमा सवारीसाधन सञ्चालनमा आएका हुन्।

सडक खुलाउन छ टिपर र १२ डोजर परिचालन गरिएको थियो। सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीका अनुसार डाक्लाङमा सडक सञ्चालनमा आइसकेको छ भने इकोमा पनि सडक खोलिएको छ। लिपिङ खण्डमा समेत मर्मतसम्भारको काम शीघ्र सुरु गरिने उनले बताए।

इको खण्ड सञ्चालनमा आएपछि कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङपारि अझै करिब ८५ कन्टेनर रोकिएका छन्।

भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार बाह्रबिसे–तातोपानी सडकको २६ किलोमिटर खण्डमा वर्षायाममा पटक–पटक पहिरो जाने र सडक भासिने समस्या दोहोरिँदै आएको छ। इको खण्ड खुले पनि लिपिङको समस्या समाधान नभएसम्म तातोपानी नाका पूर्ण रूपमा सहज सञ्चालन हुन नसक्ने उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Pope Leo XIV Intensifies Ukraine Peace Push with Envoy Visit to Moscow

Two Killed, Seventeen Injured In Syangja Jeep Accident

Japanese Delegation Travels to Beijing Amidst Strained Relations with China

Russia Authorizes Seizure of Critical Infrastructure Amid Ukraine Drone Attacks

Trump Imposes 50% Tariffs on Canadian Auto Imports

Singapore Launches First Data Center Powered by Human Neurons

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu