काठमाडौं । डोनियल मालेनको ह्याट्रिक प्रेरित रोमाले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा शानदार सुरुआत गरेको छ। सोमबार ओलिम्पिको रंगशालामा भएको खेलमा रोमाले फियोरेन्टिनालाई ४–० गोलले पराजित गरेको हो।
घरेलु टोलीको जितमा मालेनले तीन तथा निकोलो पिसिलीले एक गोल गरे। मालेनले २७औँ, ५२औँ र ६०औँ मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक पूरा गरे।
मालेनका तीनै गोलका लागि पाउलो डिबालाले अवसर सिर्जना गरेका थिए। खेल सकिन चार मिनेट बाँकी रहँदा पिसिलीले रोमाका लागि चौथो गोल थपे।
४–० को सहज जितसँगै रोमाले नयाँ सिजनमा तीन अंक जोडेको छ।
सोमबार नै भएको अर्को खेलमा लाजियोले बोलोग्नालाई १–० गोलले पराजित गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्