ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्मी निसम तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किए


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : २५   बजे

काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किएका छन्। जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत निसमलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

निसमले एनपीएलको पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेका थिए। उनले ९ खेलमा २४७ रन बनाउनुका साथै ७ विकेट लिएका थिए। उनको उत्कृष्ट प्रदर्शनकै कारण उनी जनकपुरका समर्थकमाझ लोकप्रिय बनेका थिए।

यसपटक निसम टेस्ट खेलाडीको कोटामा जनकपुरबाट खेल्नेछन्। एनपीएलको दोस्रो सिजनमा जनकपुरसँग टेस्ट खेलाडीको कोटा उपलब्ध नभएपछि उनी पोखरा एभेन्जर्समा आबद्ध भएका थिए। पोखराबाट उनले चार खेल खेल्दै एक अर्धशतकसहित ९९ रन बनाएका थिए भने ५ विकेट लिएका थिए।

अन्तर्राष्ट्रिय अनुभव

३५ वर्षीय निसमले न्युजिल्यान्डका लागि १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र १०५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले न्युजिल्यान्डबाट भारतविरुद्ध टी–२० विश्वकपको फाइनलसमेत खेलेका थिए।

फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव भएका निसमले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स, पञ्जाब किङ्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट खेलिसकेका छन्।

त्यस्तै, उनले लंका प्रिमियर लिग, भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, यूएईको आईएल टी–२०, पाकिस्तान सुपर लिग, साउथ अफ्रिका टी–२०, द हन्ड्रेड, बिग बास लिग तथा क्यारेबियन प्रिमियर लिगमा पनि सहभागिता जनाएका छन्।

जनकपुरबाट एनपीएलको पहिलो सिजन जित्नु निसमको फ्रेन्चाइज क्रिकेट करियरको पहिलो उपाधि थियो।

जनकपुरका दोस्रो विदेशी खेलाडी

निसम तेस्रो सिजनका लागि जनकपुरमा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी बनेका छन्। यसअघि जनकपुरले अमेरिकाका हरमित सिंहलाई टोलीमा भित्र्याइसकेको छ।

निसमको पुनरागमनसँगै जनकपुर बोल्ट्सको तेस्रो सिजनको टोली थप बलियो हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सम्बन्धित

जिम्मी निसम फेरि जनकपुर बोल्ट्समा, एनपीएलका लागि पुनः अनुबन्ध

चेल्सीको विजयी सुरुवात, फुलहममाथि ३–२ को जित

डोनियल मालेनको ह्याट्रिकमा रोमाको शानदार जित

पिसिएम कप टेनिस : यू–१८ मा शाश्वत बज्राचार्य च्याम्पियन

‘ह्यान्ड अफ गड’को ऐतिहासिक बल ५२ करोड रुपैयाँभन्दा बढीमा लिलामी

जैसवाललाई आईसीसीको कारबाही, म्याच फीको २५ प्रतिशत जरिवाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu