ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाधिवेशनलाई विश्वसनीय बनाउन शर्त मान्न कांग्रेस तयार, अनिश्चित नबनाउन देउवा समूहलाई आग्रह


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ६ : ५५   बजे

 

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र देखिएको असन्तुष्टिको समाधान अदालतबाट नभई पार्टीको लोकतान्त्रिक प्रक्रिया र विधानभित्रै खोजिनुपर्ने बताएका छन्। १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले रिट दायर गरेपछि दलभित्र विश्वास गुमेपछि अदालतको बाटो रोज्ने प्रवृत्तिले पार्टीलाई न्याय नगर्ने बताए।

कांग्रेसभित्र देखिएको पछिल्लो असन्तुष्टि मुख्यतः व्यक्तिगत विषयसँग सम्बन्धित रहेको दाबी गर्दै पार्टीको राजनीतिक विचार, नीति र कार्यक्रमसँग सम्बन्धित फरक मत भने लोकतान्त्रिक पार्टीले स्वाभाविक रूपमा ग्रहण गर्नुपर्ने बताए।

उनले भने, ‘पार्टीभित्र नेताहरूको निजी राजनीतिक भविष्य र पार्टीको भविष्य फरक विषय हुन्। पार्टीका शुभचिन्तकहरूले व्यक्ति होइन, पार्टीलाई मद्दत गरिरहेका हुन्छन्। जनताले कांग्रेसप्रति राखेको भरोसा र विश्वासलाई नेताहरूले थप मजबुत बनाउनुपर्छ। त्यसलाई कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन।’

कानुनी विवादको फैसला अदालतले गर्ने भए पनि लाखौँ कार्यकर्ताको मतबाट हुने फैसला अझ शक्तिशाली हुने बताए। कांग्रेस विधानबाट चल्ने लोकतान्त्रिक पार्टी भएकाले विधान समयसापेक्ष नभए संशोधन गर्नुपर्ने तर भेलाको नाममा वा सहमतिको नाममा विधान मिच्न नहुने उनको तर्क छ।

केन्द्रीय समिति विस्तार आवश्यक भए विधानले दिएको अधिकार प्रयोग गरेर निश्चित सीमाभित्र गर्नुपर्ने, क्रियाशील सदस्यता व्यवस्थापनमा समस्या भए सबै पक्षको सहभागिता र विश्वास कायम हुने समिति बनाउनुपर्ने तथा निर्वाचनप्रति आशंका भए सबैलाई विश्वास हुने निर्वाचन समिति र पारदर्शी प्रक्रिया अपनाउन आफूहरू तयार रहेको उल्लेख गरेका छन्।

महाधिवेशन निष्पक्ष बनाउन थप उपाय आवश्यक भए आपसी सहमतिमा विश्वसनीय वातावरण निर्माण गर्न सकिने उनको भनाइ छ। विवाद समाधानका नाममा गरिने गलत अभ्यास भविष्यमा नजिर बन्न सक्ने उल्लेख गरेका छन्।

विधानले तोकेको समयसीमा मंसिरमा समाप्त हुँदै गएको र अदालतमा विचाराधीन पुनरावलोकन कहिले टुङ्गिन्छ भन्ने निश्चित नभएकाले अदालतको निर्णय पर्खेर कांग्रेसको लोकतान्त्रिक प्रक्रिया अनिश्चित बनाउन नहुने उनको भनाइ छ।

निर्वाचनपछि प्रतिनिधि गलत भएको, धाँधली भएको वा नक्कली प्रतिनिधिबाट मतदान भएको भन्दै पुनः अदालत जाने प्रवृत्ति कायम रहे विवादको चक्र अन्तहीन बन्ने प्रवक्ता चालिसले उल्लेख गरेका छन्।

उनले थपेका छन्, ‘हामीले नेताहरूलाई नेता मानेकै छौँ, सम्मान गरेकै छौँ। आवश्यक परे मत पनि दिऔँला। तर नेताप्रतिको सम्मान पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभन्दा माथि हुन सक्दैन।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सुदन किरातीले भने– ‘हर्क साम्पाङको कार्यशैली सच्याउनुपर्छ’

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

Energy Sector Donates Rs. 21M to PM Disaster Relief Fund

बुढानीलकण्ठमा फुटबल रंगशाला बन्ने, राखेप र नगरपालिकाबीच सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu