काठमाडौँ । एनसेलले नेपाल मेडिसिटी अस्पतालसँग साझेदारी गर्दै आफ्ना ग्राहकलाई चिकित्सक परामर्श सेवामा विशेष सुविधा प्रदान गर्ने भएको छ। गुणस्तरीय स्वास्थ्य सेवालाई थप सहज, पहुँचयोग्य र किफायती बनाउने उद्देश्यसहित दुई संस्थाबीच सहकार्य भएको हो।
सम्झौताअनुसार २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक अथवा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवाअन्तर्गत निःशुल्क चिकित्सक परामर्श प्राप्त गर्नेछन्।
त्यस्तै, ९९ रुपैयाँदेखि २९९ रुपैयाँभन्दा कम मूल्यसम्मका प्याक वा रेन्टल सेवा लिएका ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुटपाउनेछन्।
मंगलबार आयोजित एक कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
‘कनेक्टिभिटीसँगै स्वास्थ्य सेवामा पनि लाभ’
सम्झौतापछि एनसेलका उपाङ्ग दत्ताले मोबाइल तथा कनेक्टिभिटी सेवासँगै ग्राहकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका थप सुविधाहरू उपलब्ध गराउने उद्देश्यले नेपाल मेडिसिटीसँग सहकार्य गरिएको बताए।
उनले ग्राहकले निःशुल्क चिकित्सक परामर्शदेखि परामर्श शुल्कमा छुटसम्मको सुविधा प्राप्त गर्ने उल्लेख गर्दै यस पहलले स्वस्थ जीवनका लागि समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले कर्पोरेट क्षेत्र र स्वास्थ्य संस्थाबीचको सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सहयोग पुग्ने बताए।
एनसेल एपबाट कसरी लिने सुविधा?
यो सुविधा लिन योग्य ग्राहकले एनसेल एपमा लगइन गरी ‘Partnered Services’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ। त्यसपछि ग्राहकले आफूलाई उपलब्ध सुविधाको विवरण एपमै हेर्न सक्नेछन्।
सुविधाका लागि योग्य नभएका ग्राहकले आवश्यक प्याक वा रेन्टल सेवा लिएपछि उक्त लाभ प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ।
एनसेलले यस किसिमका साझेदारीमार्फत ग्राहकलाई मोबाइल सेवाभन्दा बाहिर पनि दैनिक जीवनमा उपयोगी र अर्थपूर्ण सुविधा प्रदान गर्ने तथा उनीहरूको हित र कल्याणमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्