ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : १५   बजे

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालू आठौँ अधिवेशन भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए।

बैठकले प्रदेशको स्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने अवधि थप गर्ने निर्णयसमेत गरेको छ। प्रदेश सरकारको संगठनात्मक संरचना र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन आवश्यक अध्ययन तथा सर्वेक्षणको अवधि बढाउने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।

यसैगरी, मन्त्रिपरिषद् बैठकले नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय पनि गरेको छ।

बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीहरूलाई सक्रियताका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। उनले विकास निर्माणका कामलाई गति दिन र नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई चुस्त, प्रभावकारी तथा जनमुखी बनाउन मन्त्रीहरूको भूमिका महत्वपूर्ण हुने बताए।

मुख्यमन्त्री आचार्यले प्रत्येक मन्त्रालयलाई आफ्नो जिम्मेवारीअनुसार योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशनसमेत दिएका छन्।

पुनः रामजीप्रसाद घिमिरे सरकारका प्रवक्ता

मन्त्रिपरिषद् बैठकले सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेलाई लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।

यसअघि स्वास्थ्य मन्त्रीका रूपमा कार्यरत रहँदा पनि घिमिरेले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका थिए। सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएसँगै उनलाई पुनः प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

लुम्बिनीका तीन सांसदलाई जसपा नेपालको पुनः २४ घण्टे स्पष्टीकरण

मन्त्रिपरिषद् पुनर्गठन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले थपे तीन मन्त्री

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu