ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्छ : मन्त्री चौधरी


ABC NEWS
१० भदौ २०८३, बुधबार   ८ : २५   बजे

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वास्तविक किसानसम्म कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्ने बताएकी छन् ।

कृषि कर्जाको वर्तमान अवस्था, सहुलियतपूर्ण कृषि कर्जा प्रवाहमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायबारे आयोजित छलफलमा मन्त्री चौधरीले किसानले बुझ्ने सरल भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् ।

उनले कृषि क्षेत्रका आधारभूत विषयलाई सरल र किसानमैत्री ढंगले बुझाउन आवश्यक रहेको बताइन् ।

“कृषि पढेका युवालाई बैंक तथा वित्तीय संस्थामा रोजगारीको अवसर उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ,” उनले भनिन्, “यसले कृषि क्षेत्रका जनशक्तिलाई रोजगारीसँग जोड्नुका साथै बैंकबाट कृषि कर्जा प्रवाह गर्दा कृषि क्षेत्रको वास्तविक आवश्यकता र परियोजनाको मूल्यांकन गर्न सहज हुनेछ ।”

कृषि विषयका जनशक्तिलाई बैंक तथा वित्तीय संस्थासँग जोड्दा कृषि कर्जा प्रवाह थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

मन्त्री चौधरीले कृषि फार्म दर्ता, कर्जा प्राप्ति तथा सहुलियतपूर्ण कर्जाको प्रक्रियामा वास्तविक किसानले सहज रूपमा लाभ लिन नसकेको गुनासो आउने गरेको बताइन् ।

समस्या पहिचान गरी समाधान खोज्न निर्देशन

मन्त्री चौधरीले कृषि कर्जा प्रवाहमा देखिएका समस्याको पहिचान गरी समाधानका उपाय खोज्न सम्बन्धित निकायलाई निर्देशन दिइन् ।

उनले वास्तविक किसानलाई कर्जा प्राप्तिका लागि सहज वातावरण बनाउनुपर्ने बताउँदै बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रको आवश्यकता र किसानको वास्तविक अवस्थाका आधारमा कर्जा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

कृषि कर्जाको प्रक्रियालाई किसानमैत्री र सहज बनाउन सके मात्र सहुलियतपूर्ण कर्जाको वास्तविक लाभ लक्षित वर्गसम्म पुग्ने उनको भनाइ थियो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा सरकार गठनका लागि तीन दलबीच ६ बुँदे सहमति

पर्सामा ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

सम्बन्धित

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu