ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु


ABC NEWS
१० भदौ २०८३, बुधबार   ८ : २५   बजे

बर्दिबास । प्राणघातक जापानीज इन्सेफ्लाइटिस (जेई) मधेस प्रदेशमा फैलिँदै गएको छ। सर्लाहीबाहेक मधेसका अन्य सातै जिल्लामा रोग पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेका अनुसार भदौ ५ गतेसम्म मधेस प्रदेशका सात जिल्लाका १५ पालिकामा १९ जनामा प्रयोगशाला परीक्षणबाट जेई संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। यो कुल संक्रमितको करिब ३२ प्रतिशत हो।

सप्तरीमा सबैभन्दा बढी संक्रमण

प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर लक्ष्मेश्वर झाका अनुसार सप्तरी जेईबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो। राजगढ, तिलाठी कोइलाडी, डाक्नेश्वरी र महदेवा क्षेत्रमा संक्रमण देखिएको छ।

भदौ ५ गतेसम्म सप्तरीमा ६ जनामा संक्रमण पुष्टि भएकामा २ जनाको मृत्यु भएको छ। पर्सामा ४ संक्रमितमध्ये २, धनुषामा ३ मध्ये १ तथा रौतहटमा १ संक्रमितको मृत्यु भएको छ।

महोत्तरीको बर्दिबास, औरही र सम्सी क्षेत्रमा ३ जना तथा सिरहाको धनगढीमाई नगरपालिका र बारामा एक–एक जनामा संक्रमण पुष्टि भएको छ। केही संक्रमित उपचाररत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

उपचारपछि पनि दीर्घकालीन समस्या

जेई संक्रमणबाट उपचारपछि घर फर्किएका केही व्यक्तिमा बोल्न तथा खाना खान कठिन हुने, मानसिक अवस्था सुस्त हुनेलगायत दीर्घकालीन स्वास्थ्य समस्या देखिएको परिवारजनले बताएका छन्।

बालबालिकालाई नियमित खोप दिँदै आए पनि संक्रमण देखिएको छ। खोप सुपरभाइजर झाका अनुसार नियमित खोप अभियानअन्तर्गत करिब ९५ प्रतिशत बालबालिकाले जेईविरुद्धको खोप लगाएका छन्।

खोप नलिएका वा खोप लगाउने उमेर पार गरेका व्यक्तिमा संक्रमण र मृत्युदर तुलनात्मक रूपमा बढी देखिएको उनले बताए।

प्रभावित क्षेत्रमा स्वास्थ्य टोली

संक्रमण बढेपछि प्रदेश स्वास्थ्य निर्देशक सरोजराज न्यौपानेको नेतृत्वमा विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य निर्देशनालयका प्रतिनिधिसहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ।

टोलीले स्थानीय जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीयवासीसँग छलफल गरी संक्रमणको अवस्था र रोकथामका उपायबारे जानकारी लिइरहेको छ।

स्वास्थ्य अधिकारीहरूले नियमित खोप लगाउन, घरवरपर पानी जम्न नदिन, राति सुत्दा झुल प्रयोग गर्न तथा शरीर पूरै ढाकिने गरी कपडा लगाउन आग्रह गरेका छन्। हाँस तथा सुँगुर–बंगुरका खोर बस्तीभन्दा टाढा राख्नसमेत सुझाव दिइएको छ।

उच्च ज्वरो, अत्यधिक टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने, शरीरमा ऐठन वा झट्का लाग्ने तथा मानसिक अवस्थामा परिवर्तन हुनेजस्ता लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गरिएको छ।

आठै जिल्लामा रोकथामका लागि निर्देशन

विशेषगरी ५० वर्षभन्दा माथिका व्यक्तिमा जेईबाट मृत्यु बढी देखिएको भन्दै ज्येष्ठ सदस्यको स्वास्थ्यमा विशेष ध्यान दिन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका आठवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई जेई रोकथाम तथा नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

स्थानीय तहसँग समन्वय गरी रोगको जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि, खोपको पहुँच विस्तार तथा प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले निर्देशन दिएको हो।

यस्तै, स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको साउन मसान्तसम्मको तथ्यांकअनुसार देशभर ५८ जनामा प्रयोगशाला परीक्षणबाट जेई पुष्टि भएको छ। तीमध्ये १६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरूले संक्रमणको जोखिम कायमै रहेकाले खोप लगाउन, लामखुट्टेको टोकाइबाट बच्न र जेईका लक्षण देखिए तत्काल स्वास्थ्य संस्था पुग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा सरकार गठनका लागि तीन दलबीच ६ बुँदे सहमति

पर्सामा ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

सम्बन्धित

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्छ : मन्त्री चौधरी

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu