ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : १५   बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमाडौं गोर्खाजले श्रीलंकन अलराउन्डर सहान अराचिगेलाई अनुबन्ध गरेको छ।

टोलीले बुधबार सामाजिक सञ्जालमार्फत अराचिगेलाई आफ्नो टोलीमा भित्र्याएको जानकारी सार्वजनिक गरेको हो। अनुभवी अलराउन्डर अराचिगेको आगमनसँगै काठमाडौं गोर्खाजले आगामी सिजनका लागि आफ्नो टोली थप मजबुत बनाउने प्रयास गरेको छ।

अराचिगेले हालसम्म १०३ वटा टी–२० खेल खेल्दै १ हजार ४६२ रन बनाएका छन् भने बलिङतर्फ ५४ विकेट लिइसकेका छन्। उनले श्रीलंका राष्ट्रिय टोलीबाट पाँच एकदिवसीय अन्तर्राष्ट्रिय तथा एक टी–२० अन्तर्राष्ट्रिय खेलसमेत खेलिसकेका छन्।

त्यसैगरी, अराचिगेसँग नेतृत्वको अनुभवसमेत छ। उनले श्रीलंका ‘ए’ टोलीको कप्तानीसमेत गरिसकेका छन्।

लंका प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन

हालै सम्पन्न लंका प्रिमियर लिगमा अराचिगेले गले गालान्ट्सको उपाधि यात्रामा महत्वपूर्ण योगदान दिएका थिए। गलेले पहिलोपटक प्रतियोगिताको उपाधि जित्दा अराचिगेले ११ खेलमा २४० रन बनाएका थिए।

ब्याटिङसँगै उपयोगी बलिङ गर्न सक्ने अराचिगेको आगमनले काठमाडौं गोर्खाजलाई टोली सन्तुलनमा थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

अराचिगेलाई अनुबन्ध गरेसँगै काठमाडौं गोर्खाजमा विदेशी खेलाडीको संख्या दुई पुगेको छ। यसअघि टोलीले भारतीय खेलाडी केएस भरतसँग सम्झौता गरिसकेको थियो।

एनपीएलको तेस्रो सिजनका लागि विदेशी खेलाडी भित्र्याउने क्रमसँगै काठमाडौं गोर्खाजले बलियो टोली निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

सम्बन्धित

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu