काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा १०० रुपैयाँ, लोकल सानो गोलभेँडा ४५ रुपैयाँ, टनेल गोलभेँडा ६५ रुपैयाँ र भारतीय सानो गोलभेँडा ५० रुपैयाँ तोकिएको छ ।
आलुतर्फ लाम्चो रातो आलु प्रतिकिलो ५१ रुपैयाँ, गोलो रातो आलु ५३ रुपैयाँ, मुढे रातो आलु ५३ रुपैयाँ, भारतीय रातो आलु ४० रुपैयाँ र सेतो आलु ३८ रुपैयाँ कायम गरिएको छ । भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ९२ रुपैयाँ तोकिएको छ ।
तरकारीतर्फ लोकल गाजर प्रतिकिलो १२० रुपैयाँ र तराईको गाजर ८० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, हाइब्रिड सेतो मूला ३५ रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ निर्धारण गरिएको छ । बोडी तने ९० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ, लोकल तथा हाइब्रिड घिउ सिमी १०० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमास कोसा १३० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ र परवर ८० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
यसैगरी चिचिण्डो र घिरौँला प्रतिकिलो ३० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको तथा डल्लो हरियो फर्सी ६० रुपैयाँ, भिन्डी ४० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु ८० रुपैयाँ र स्कुस ४० रुपैयाँ निर्धारण गरिएको छ ।
सागपात तथा च्याउतर्फ रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो २५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ, हरियो प्याज २०० रुपैयाँ, कन्य च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ तोकिएको छ । कुरिलो ५०० रुपैयाँ, न्यूरो १०० रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा दर्जनको ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती ३०० रुपैयाँ, अनार ३०० रुपैयाँ, मालदह आँप २८० रुपैयाँ, चोसा आँप २५० रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ र जुनार २०० रुपैयाँ तोकिएको छ । भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, लोकल काँक्रो प्रतिकिलो ५० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, रुखकटहर ६० रुपैयाँ, लोकल नास्पाती ९० रुपैयाँ, चाइनिज नास्पाती २५० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ, किबी ४०० रुपैयाँ र एभोकाडो २५० रुपैयाँ निर्धारण गरिएको छ ।
अन्य कृषि उपजमा नेपाली ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँ, अदुवा ३०० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, लाम्चो हरियो तथा बुलेट खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, हरियो धनियाँ ५०० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० रुपैयाँ र नेपाली सुकेको लसुन २०० रुपैयाँ तोकिएको छ ।
माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ, ताजा रहु माछा ३७० रुपैयाँ, बचुवा माछा ३४० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जारी गरेको मूल्यसूची आजदेखि लागू हुने जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्