ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : ३५   बजे

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित नेपाली राष्ट्रिय टोली अन्तिम तयारीमा जुटेको छ।

यसअघि पटक–पटक रोकिँदै आएको प्रशिक्षण अहिले पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियाड तयारीका लागि साउन ३ देखि १७ गतेसम्म विशेष प्रशिक्षण सञ्चालन गरेको थियो। त्यसपछि साउन १८ देखि असोज २ गतेसम्म बन्द प्रशिक्षण जारी छ।

एसियाडमा सहभागी हुने २२ खेलमध्ये ७ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा छन् भने अन्य खेलका खेलाडीले स्वदेशमै तयारी गरिरहेका छन्। राष्ट्रिय टिम तयारी समितिका उपनिर्देशक दीपक श्रेष्ठका अनुसार यसपटक विगतको तुलनामा नेपाली टोलीको तयारी व्यवस्थित र प्रभावकारी भइरहेको छ।

श्रेष्ठका अनुसार १९औँ एसियाडपछि राखेपले नयाँ अवधारणासहित तयारी अघि बढाएको हो। लामो समयको तयारी र प्रभावकारी प्रशिक्षणको अभावकै कारण विगतमा अपेक्षित सफलता हासिल गर्न नसकिएको उनको भनाइ छ।

‘१९औँ एसियाड सकिएपछि राखेपले नयाँ अवधारणा ल्याएको हो। त्यो समयदेखि नै सीमित खेलहरूलाई प्रशिक्षण दिइरहेका थियौँ। स्वर्ण पदक जित्न नसक्नुको कारण लामो तयारी र प्रभावकारी प्रशिक्षण नहुँदा हो,’ श्रेष्ठले भने।

तर, तयारीका लागि आवश्यक बजेट भने पर्याप्त नभएको उनले बताए। उनका अनुसार टिम तयारीका लागि ४० देखि ५० करोड रुपैयाँसम्मको बजेट माग गरिए पनि अन्तिममा करिब २ करोड रुपैयाँ मात्र प्राप्त हुने गरेको छ। सीमित बजेटमै उपलब्ध स्रोतसाधनको प्रयोग गरेर खेलाडीलाई प्रशिक्षण दिइरहेको उनले बताए।

‘पहिला बढीमा डेढ महिनासम्म प्रशिक्षण हुन्थ्यो। अहिले लामो समयसम्म प्रशिक्षण भइरहेको छ,’ श्रेष्ठले भने।

नेपालले एसियाडमा सहभागिता जनाउन थालेको ७५ वर्ष पुगे पनि हालसम्म ३ रजत र २३ कांस्य गरी २६ पदक मात्र जितेको छ। यसपटक भने राखेपले स्वर्ण पदक जित्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ।

राखेपले पदकको सम्भावना बढी भएका खेल र खेलाडीलाई प्राथमिकतामा राखेर प्रशिक्षण गराइरहेको छ। श्रेष्ठका अनुसार करातेकी एरिका गुरुङ, बक्सिङका चन्द्रबहादुर थापा, महिला कबड्डी टोली र क्यानोइङबाट स्वर्ण पदकको सम्भावना देखिएको छ।

यस्तै, महिला भलिबल टोलीले पनि एसियाडअघि अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण पाउने सम्भावना रहेको राखेपले जनाएको छ।

सीमित बजेट र स्रोतसाधनका बाबजुद यसपटक लामो समयसम्म प्रशिक्षण सञ्चालन हुनु नेपाली खेलाडीका लागि सकारात्मक पक्ष मानिएको छ। अबको चुनौती भनेको प्रशिक्षणबाट प्राप्त तयारीलाई प्रतियोगितामा नतिजामा बदल्नु हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा भीषण बाढी, टिमुरेसहित दुई बजार र भन्सार क्षेत्रमा ठूलो क्षति

रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन

सम्बन्धित

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu