ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिब्बतबाट भोटेकोशीमा ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता


ABC NEWS
१० भदौ २०८३, बुधबार   १० : ०५   बजे

काठमाडौं । रसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव उच्च रहेको जानकारी प्राप्त भएको छ। बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराइएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने त्रिशूली नदीलगायतका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले तिब्बततर्फबाट आएको ठूलो बाढी भोटेकोशी नदीमा प्रवेश गरेको जानकारी दिँदै अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्र, मुग्लिनसम्म, उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

उनले भने, ‘भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको छ। त्यसैले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ।’

तटीय क्षेत्रमा विशेष सावधानी

बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा तटीय क्षेत्रमा रहेका बासिन्दालाई नदीको बहाव बढेमा तत्काल सुरक्षित स्थानतर्फ जान प्राधिकरणले आग्रह गरेको छ।

विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी आसपासका बस्तीमा जोखिम हुन सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचना पालना गर्न आग्रह गरिएको छ।

भोटेकोशीमा आएको बाढीको प्रभावले त्रिशूली नदीको जलसतह बढ्न सक्ने भएकाले अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 रसुवा बाढी : ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन(भिडियो)

भोटेकोशी बाढीपीडितको उद्धारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

🚨 रसुवा बाढी : ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन(भिडियो)

भोटेकोशी बाढीपीडितको उद्धारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

भोटेकोशीको बाढी गल्छी पुग्यो, केही घण्टामै मुग्लिन बजारसम्म पुग्ने पूर्वानुमान

तिब्बतबाट भोटेकोशीमा ठूलो बाढी, मुग्लिनसम्म असर पर्न सक्ने चेतावनी

रसुवा बाढीपछि उद्धार र राहत तीव्र, सेना–प्रहरी परिचालन गर्न प्रधानमन्त्री शाहको निर्देशन

रसुवामा भीषण बाढी, टिमुरेसहित दुई बजार र भन्सार क्षेत्रमा ठूलो क्षति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu