ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढी : घाइते सात जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत काठमाडौं ल्यायो


ABC NEWS
१० भदौ २०८३, बुधबार   ११ : ५५   बजे

काठमाडौं । रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीमा परेर घाइते भएका सात जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याएको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव आङ दोर्जे शेर्पाका अनुसार बाढी प्रभावित टिमुरे क्षेत्रबाट सात जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको हो। उनीहरूलाई थप उपचारका लागि अस्पताल लगिएको बताइएको छ।

बुधबार बिहान करिब ९ बजे तिब्बत क्षेत्रबाट आएको लेन्दे खोलाको आकस्मिक बाढीले रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ। बाढीको तीव्र बहावले दुईवटा बजार क्षेत्र बगाएको बताइएको छ भने ठूलो संख्यामा मानिस बेपत्ता भएको आशंका गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य उद्धार निकाय परिचालित भएका छन्। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

स्थानीयवासीका अनुसार लेन्दे खोलामा एक्कासि आएको विशाल बाढीले बजार, सडक, पुल तथा विभिन्न संरचनामा क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा क्षतिको पूर्ण विवरण संकलन गर्ने तथा थप घाइते र बेपत्ता व्यक्तिको खोजी गर्ने काम जारी रहेको अधिकारीहरूले जनाएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावितको उद्धारका लागि १२ हेलिकोप्टर परिचालन

विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढी प्रभावितको उद्धारका लागि १२ हेलिकोप्टर परिचालन

विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय

रसुवा बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्य गर्न सरकारको ध्यानाकर्षण

भोटेकोसी बाढीको जोखिम सुस्तासम्म फैलिन सक्ने

त्रिशुली जलविद्युत् ‘ए’को सुरक्षामा खटिएका सशस्त्र प्रहरी सम्पर्कविहीन

विपद् व्यवस्थापनका लागि राष्ट्रिय परिषद्को बैठक, उद्धार टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu