काठमाडौं । रसुवा बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारका लागि काठमाडौंका ६ वटा सरकारी अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावितबाट उद्धार गरिएका घाइतेको उपचारका लागि चिकित्सकसहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
मन्त्रालयका अनुसार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र नेपाल प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको हो ।
यी अस्पतालमा एक सयभन्दा बढी शय्या तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यमन्त्री निशा मेहताले बाढी प्रभावित तथा घाइतेको उपचारका लागि चिकित्सक र आवश्यक शय्या तयारी अवस्थामा राख्न सम्बन्धित अस्पताललाई निर्देशन दिनुभएको छ ।
मन्त्रीको सचिवालयका अनुसार काठमाडौंका ठूला सरकारी अस्पताललाई घाइतेको उपचारका लागि आवश्यक तयारी गर्न निर्देशन दिइएको हो । बाढी प्रभावित क्षेत्रबाट थप घाइते उद्धार हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्