काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको सम्भावित कारण हिमपहिरो हुन सक्ने विपद्विद् वसन्तराज अधिकारीले बताएका छन् ।
उनका अनुसार रसुवा बजारबाट करिब २० किलोमिटर माथि रहेको लेन्दे खोलाको माथिल्लो क्षेत्रमा हिमपहिरो गएर खोला थुनिएको र पछि त्यसले निकास पाउँदा बाढी आएको हुनसक्छ ।
“रसुवा बजारबाट २० किलोमिटरमाथि लेन्दे खोला छ । त्यहाँमाथिबाट आएको हिमपहिरोले बाढी आएको देखिन्छ,” अधिकारीले बताएका छन् ।
अधिकारीका अनुसार हिमपहिरोले खोला केही समय थुनेपछि एक्कासि फुटेर ठूलो बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि घटनास्थलको स्थलगत तस्बिर तथा थप प्रमाणको अध्ययन हुन बाँकी रहेकाले बाढीको वास्तविक कारण यकिन भइसकेको छैन ।
भूकम्पले पनि हिमपहिरो निम्त्याएको हुनसक्ने
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ८ बजेर ३७ मिनेटमा लेन्दे क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
विपद्विद् अधिकारीले उक्त भूकम्पले समेत हिमपहिरो जान भूमिका खेलेको हुनसक्ने बताएका छन् ।
बाढीको वास्तविक कारण यकिन गर्न घटनास्थलको थप अध्ययन
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्