काठमाडौं । रसुवा बाढी र पहिरोको संकटका विषयमा गृह मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण प्राधिकरणको बैठक बसेको छ । बैठकमा संकट समाधानका लागि अवलम्बन गर्ने उपायहरूबारे छलफल भयो ।
बैठकपछि बोल्दै प्राधिकरणकी एक सदस्यले बाढी धादिङको गल्छीसम्म आइपुगेको सूचना प्राप्त भएको बताइन् । एनटीसी र एनसेलका टावरमा क्षति पुगेकाले यकिन विवरणहरू प्राप्त भई नसकेको उनको भनाइ छ । संकट क्षेत्रमा उद्धारका लागि तीनवटा हेलिकोप्टर पठाइएको उनले बताइन् ।
अचानक भीषण बाढी आउनुमा हिमताल फुटेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । बाढी बिहान ८:४० बजे नेपाल प्रवेश भएको र ९ बजे प्राधिकरणलाई सूचना आएको पनि उनले बताइन् ।
‘हिम पहिरोले नदी थुनिएको थियो । थुनिएको नदी खुलेको भएर एक्कासि बाढी आएको प्रारम्भिक अनुमान छ ।’
यस विषयमा चीन सरकारसँग सहकार्यको आवश्यकता उनले औँल्याइन् । नेपाल र चीनले एमओयू गरेर यसको दीर्घकालीन हल खोज्नुपर्ने उनको भनाइ छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्