काठमाडौँ । रसुवा जिल्लामा बाढीका कारण बेपत्ता भएका नेपाल प्रहरीका कर्मचारीहरूमध्ये केही जनाको परिवारसँग सम्पर्क भइसकेको छ। उनीहरूमध्ये धेरैजसो घाइते भएको जानकारी प्राप्त भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार, टिमुरे क्षेत्रबाट १० जना प्रहरी कर्मचारीहरूसँग सम्पर्क स्थापित भएको छ, तर ोअझै १३ जना प्रहरी बेपत्ता नै रहेका छन्। स्याफ्रुबेसीबाट ४ जना र मैलुङबाट १ जना गरी जम्मा ५ जना प्रहरीको हालखबर प्राप्त भएको छ, जबकि रसुवागढी तथा अन्य क्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरू अझै सम्पर्कबाहिर छन्।
प्रवक्ता काफ्लेले जानकारी दिए अनुसार, सम्पर्कमा आएका र घाइते भएका प्रहरी कर्मचारीहरूलाई तत्काल उद्धार गरी राजधानी काठमाडौँ ल्याएर उपचार गर्ने प्रयास भइरहेको छ।
उद्धार प्रयास जारी
घाइते प्रहरी कर्मचारीहरूलाई हजरत मोचन स्थित केन्द्रीय अस्पतालमा लगिने तयारी गरिएको छ। उनीहरूको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गरिने योजना रहेको प्रहरीले जनाएको छ। बेपत्ता भएका प्रहरीको खोजी कार्य पनि जारी रहेको र थप जानकारी आउने क्रममै रहेको डीआईजी काफ्लेले बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्