काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले भोटेकोसी नदीमा आएको बाढीका कारण उत्पन्न विपदलाई ध्यानमा राख्दै सरकारसमक्ष राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाढीले पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गरे ।
सांसद आचार्यले प्रारम्भिक जानकारी अनुसार बाढीका कारण ठूलो जनधनको क्षति भएको बताए । “यस किसिमको विपत्ति शताब्दीको पहिलो हो जस्तो लाग्छ,” उहाँले भन्नुभयो, “मैले सरकारलाई राष्ट्रिय विपद् घोषणा गरी उद्धार र राहतमा लाग्न अनुरोध गर्दछु ।”
उद्धार कार्यका लागि हेलिकोप्टरको आवश्यकता औंल्याउँदै सांसद आचार्यले तत्काल रसुवा जिल्ला पठाउन माग गर्नुभयो । उहाँले सम्पूर्ण राज्य संयन्त्रलाई यस कार्यमा परिचालन गर्न आग्रह व्यक्त गर्नुभयो ।
तत्काल उद्धारको माग
सांसद आचार्यले भोटेकोसी नदीमा आएको बाढीले गर्दा उद्दार गरिरहेका मानिसहरुलाई हेलिकोप्टरबाहेक अन्य कुनै विकल्प नहुने बताए । तत्कालै हेलिकोप्टर उपलब्ध गराएर घाइते तथा बेघर भएका नागरिकहरूको उद्धार गर्न उहाँले जोड दिए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्