काठमाडौं । रसुवा, धादिङ र नुवाकोटबाट नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याएका १० जना घाइतेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली सेनाले उद्धार गरेर ल्याएका उनीहरूलाई तत्काल अस्पताल भर्ना गरी उपचार सुरु गरिएको शिक्षण अस्पतालका सहप्रवक्ता कालीप्रसाद रोस्याराले जानकारी दिए ।
सहप्रवक्ता रोस्याराका अनुसार अस्पताल ल्याइएकामध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई आवश्यक उपचारसहित चिकित्सकको निरन्तर निगरानीमा राखिएको छ ।
घाइतेको विवरण खुलाइएन
अस्पतालले उपचाररत घाइतेहरूको व्यक्तिगत तथा अन्य विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले उद्धार गरेका घाइतेलाई काठमाडौं ल्याएर आवश्यकताअनुसार विभिन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यसमेत जारी रहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्