ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा घाइते सात जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : २५   बजे

 

काठमाडौं । रसुवामा बुधबार आएको बाढीमा परी घाइते भएका सात जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। उनीहरूमध्ये चार जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईका अनुसार बाढीमा घाइते भएका चार जनालाई अस्पतालमा ल्याइएको हो। उनीहरूको उपचार सुरु भइसकेको र केहीको अवस्था गम्भीर रहेको उनले बताए।

घाइतेको उपचारका लागि अस्पतालले ‘डिजास्टर कोड’ सक्रिय गरेको छ। आईसीयू, भेन्टिलेटर र आवश्यक शय्या तयारी अवस्थामा राखिएको डा. सेढाईले जानकारी दिए।

“उपचारका लागि हामी तयारी अवस्थामा बसेका छौँ। अस्पतालको डिजास्टर कोड सक्रिय छ। आईसीयू, भेन्टिलेटरसहित शय्या तयारी अवस्थामा राखेका छौँ,” उनले भने। घाइतेलाई थप ल्याउन सकिने अवस्थालाई ध्यानमा राख्दै अस्पतालको हेलिप्याडसमेत तयारी अवस्थामा राखिएको उनले बताए।

यस्तै, बाढीमा घाइते भएका तीन जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ। ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार घाइतेमध्ये दुई पुरुष र एक महिला छन्। उनीहरू तीनै जना नुवाकोटका बासिन्दा हुन्।

तीनै जनाको पेट, हात र कम्मरमा चोट लागेको छ। उनीहरूलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केरुङमा भीषण पहिरो र आकस्मिक बाढी, सडक–सञ्चार–विद्युत् अवरुद्ध

त्रिशूलीको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

केरुङमा भीषण पहिरो र आकस्मिक बाढी, सडक–सञ्चार–विद्युत् अवरुद्ध

त्रिशूलीको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त

रसुवाको बाढी चितवनतर्फ : त्रिशूली–नारायणी किनारमा उच्च सतर्कता, सवारी आवागमन रोकियो

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

Iranian Rial Plummets: One US Dollar Now Equals 2 Million Rials

Nepal Flash Floods Leave Eight Dead, Damage Infrastructure

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu