ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकको ज्यान बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ : रवि लामिछाने


ABC NEWS
१० भदौ २०८३, बुधबार   ४ : ०५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा जीवनरक्षाका लागि सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य परिचालन गर्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपद्को यस घडीमा रास्वपा सरकारसँगै रहेको बताए ।

उनले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग निरन्तर छलफल तथा सूचना आदानप्रदान भइरहेको जानकारी दिए । बिहानदेखि विभिन्न तहमा भएको संवादका आधारमा सरकारले नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर सम्पूर्ण सामर्थ्य परिचालन गर्ने विश्वास रहेको उनले बताए ।

लामिछानेले भने, “सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ । नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।”

उनले सरकारबाट बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सक्दो सक्रियता देखाइएको समेत बताए ।

नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता

लामिछानेले विपद्को समयमा राजनीतिक विषयभन्दा नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरी प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मीसहित ३८४ पर्यटक

भोटेकोशी बाढी : ६ जिल्लाका नदी तटीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

सम्बन्धित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu