काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी क्षेत्रमा आएको बाढीपछि राहत तथा उद्धारका लागि विभिन्न मित्रराष्ट्रबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी दिँदै मन्त्री खनालले चीनको सीमावर्ती क्षेत्रमा समेत ठूलो प्राकृतिक विपद् आएको बताए ।
उनका अनुसार नेपाल सरकारले छिमेकी मुलुक तथा विभिन्न मित्रराष्ट्रसँग निरन्तर समन्वय गरिरहेको छ । मित्रराष्ट्रहरूले नेपाललाई आवश्यक राहत तथा उद्धार सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।
चीनसँग समन्वय जारी
मन्त्री खनालले चीनको सीमावर्ती क्षेत्रमा पनि प्राकृतिक विपद्का कारण क्षति भएको उल्लेख गर्दै दुवै देशका सम्बन्धित निकायबीच आवश्यक समन्वय भइरहेको बताए ।
उनले विपद्को यस कठिन घडीमा सरकारका सबै संयन्त्र, राजनीतिक दल, निजी क्षेत्र तथा आम नागरिकलाई उद्धार र राहत कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरे ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्