ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : जलविद्युत आयोजनामा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको आग्रह


ABC NEWS
१० भदौ २०८३, बुधबार   ५ : ४५   बजे

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विज्ञप्तिमार्फत बाढीले मानव बस्ती, जलविद्युत आयोजना, सडक, पुललगायत संरचनामा ठूलो क्षति पुर्‍याएको बताएका छन्।

बाढीमा परी बेपत्ता भएका सर्वसाधारण, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा जलविद्युत आयोजनामा कार्यरत कामदारको खोजी तथा उद्धार जारी रहेको भन्दै इप्पानले उद्धारमा खटिएका सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सामाजिक संघसंस्थाप्रति धन्यवाद व्यक्त गरेको छ।

८७७ मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित

इप्पानका अनुसार प्रारम्भिक विवरणमा रसुवामा सञ्चालनमा रहेका २३६ मेगावाट क्षमताका पाँच आयोजना र निर्माणाधीन ३४२.४२ मेगावाटका तीन आयोजना प्रभावित भएका छन्।

त्यस्तै, नुवाकोटमा सञ्चालनमा रहेका १२३ मेगावाटका चार आयोजना र निर्माणाधीन ५२.६ मेगावाटका दुई आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ।

यसअनुसार रसुवा र नुवाकोटमा मात्रै सञ्चालन तथा निर्माणाधीन गरी ७५४.०२ मेगावाट क्षमताका आयोजना प्रभावित भएको प्रारम्भिक विवरण देखिन्छ।

बाढीले आयोजना क्षेत्रका बाँध, हेडवक्र्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना तथा निर्माण सामग्रीमा गम्भीर क्षति पुर्‍याएको इप्पानले जनाएको छ।

विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा भएको क्षतिका कारण केही आयोजना राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको जनाइएको छ।

कामदार र कर्मचारीको उद्धारलाई प्राथमिकता दिन आग्रह

इप्पानले जलविद्युत आयोजनामा कार्यरत तथा प्रभावित क्षेत्रमा फसेका कामदार, कर्मचारी र प्राविधिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन सरकार तथा सुरक्षा निकायसँग आग्रह गरेको छ।

साथै, प्रभावित आयोजना प्रवद्र्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीलाई आफ्ना स्रोत, जनशक्ति, उपकरण र साधनसहित उद्धार तथा राहत कार्यमा परिचालन हुन अनुरोध गरिएको छ।

इप्पानले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी तथा अन्य निजी क्षेत्रका संघसंस्थालाई समेत विपद् प्रभावित नागरिक र विद्युत आयोजनाको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्न अपिल गरेको छ।

पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकता दिन माग

इप्पानले क्षतिग्रस्त जलविद्युत आयोजना तथा प्रसारण संरचनाको यथाशीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण र राष्ट्रिय प्रसारण प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।

आयोजना पुनर्निर्माणका लागि नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण र प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण आवश्यक रहेको इप्पानको भनाइ छ।

इप्पानले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको विस्तृत क्षति विवरण संकलन तथा अभिलेखीकरण गर्ने जनाएको छ। तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र र स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको इप्पानले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षा थिएन, तर आयो विनाशकारी बाढी : ‘हिमपहिरो–भूकम्प–प्राकृतिक बाँध’को रहस्य खोज्दै वैज्ञानिक

भोटेकोसी बाढी : प्रभावित स्थानीय तह तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

वर्षा थिएन, तर आयो विनाशकारी बाढी : ‘हिमपहिरो–भूकम्प–प्राकृतिक बाँध’को रहस्य खोज्दै वैज्ञानिक

भोटेकोसी बाढी : प्रभावित स्थानीय तह तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

प्रहरी सुरक्षित भए मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षा दिन सकिन्छ : आईजीपी कार्की

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो, ९३ घाइतेको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu