ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : ४५   बजे

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन र निजी क्षेत्रमा प्रवाहित कर्जा दुवै बढेको छ। पछिल्लो आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १३.९ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७२ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जा ५५ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

ब्याजदर तुलनात्मक रूपमा न्यून

बैंकिङ प्रणालीमा ब्याजदर पनि तुलनात्मक रूपमा न्यून रहेको छ। बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ।

त्यस्तै, ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३२ प्रतिशत कायम भएको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.२१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.५५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

कर्जा विस्तारसँगै आर्थिक गतिविधिमा सुधारको अपेक्षा

निक्षेप संकलनमा भएको वृद्धि र ब्याजदर तुलनात्मक रूपमा न्यून रहँदा निजी क्षेत्रमा कर्जा प्रवाहसमेत बढेको देखिएको छ। कर्जा विस्तारले उद्योग, व्यवसाय तथा आर्थिक गतिविधिमा वित्तीय स्रोतको पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समग्रमा बैंकिङ प्रणालीमा निक्षेप वृद्धि, निजी क्षेत्रमा कर्जा विस्तार तथा ब्याजदरमा आएको सहजताले वित्तीय क्षेत्रमा सकारात्मक अवस्था देखिएको छ। रेमिट्यान्स आप्रवाह तथा विदेशी मुद्रा सञ्चितिमा भएको सुधारसँगै बैंकिङ प्रणालीका प्रमुख सूचकमा आएको वृद्धिले समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu