ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी–त्रिशूलीको विपत्ति : हिमाली सुनामीले दिएको चेतावनी


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ९ : ०५   बजे

रसुवाको स्याफ्रुबेसी र टिमुरे हुँदै भोटेकोशी तथा त्रिशूली नदीले निम्त्याएको विनाश मध्य नेपालको तराईसम्म फैलिएको छ। बुधबार साँझसम्म संकलित क्षतिको प्रारम्भिक विवरण, दृश्य सामग्री र पीडितसँगको कुराकानीले यो विपत्ति २०७२ सालको महाभूकम्पपछि नेपालले भोगेको सबैभन्दा ठूलो मानवीय तथा भौतिक क्षतिमध्येको एक हुन सक्ने संकेत गरेको छ।

समुद्रमा आउने विनाशकारी छाललाई सुनामी भनिन्छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तन, भौगोलिक संवेदनशीलता र अन्य प्राकृतिक संकटका कारण नदीमा एक्कासि आएको यो असामान्य बाढीले त्यस्तै विनाशको झल्को दिएको छ। त्यसैले यसलाई ‘हिमाली सुनामी’ भन्न थालिएको छ।

बाढीमा पर्यटक, सुरक्षाकर्मी तथा सर्वसाधारणसमेत बेपत्ता भएका छन्। सम्पादकीय तयार गर्दासम्म ७८ जनाको मृत्यु भएको र सयौँ मानिस बेपत्ता रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। यद्यपि क्षतिको वास्तविक आकार अझै यकिन भइसकेको छैन।

अब पहिलो प्राथमिकता उद्धार

पत्रकार केदार शर्माले यस विपत्तिलाई ‘हिमाली सुनामी’को संज्ञा दिनुभएको छ। उहाँका अनुसार हिमाली क्षेत्रमा यस्ता विपत्तिको जोखिम आगामी दिनमा अझ बढ्न सक्छ।

हिमाली नदीको प्रवाह र त्यससँग जोडिएका जोखिमबारे अध्ययन गर्दै आउनुभएका लेखक रमेश भुसालले पनि यसलाई अकल्पनीय घटना भनेर पन्छाउन नहुने बताउनुभएको छ।

‘हामीले पहिले नै सोच्नुपर्थ्यो, तर अहिले उद्धारमा जोड गरौँ, फेरि अर्कोपटक यो भयो भनेर बस्ने अवस्था आउन नदिऔँ,’ उहाँको भनाइ छ।

अहिलेको पहिलो प्राथमिकता भनेकै खोजी, उद्धार र राहत हो। सरकारले तत्काल सक्रियता देखाउँदै सबै संयन्त्र परिचालन गर्नुपर्छ। संघीय सरकारको नेतृत्वमा प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, निजी क्षेत्र, व्यवसायी तथा नागरिक समाज एकै ठाउँमा उभिन आवश्यक छ।

प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा लैजान, घाइतेको उपचार गर्न, बेपत्ताको खोजी गर्न तथा खाद्यान्न र आवासको व्यवस्था गर्न राज्यका सबै संयन्त्र एकीकृत रूपमा परिचालन हुनुपर्छ।

छिमेकीको चासो, सरकारको जिम्मेवारी

चीन–नेपाल सीमा क्षेत्रमा उत्पन्न यो विपत्तिको गम्भीरतालाई छिमेकी मुलुकहरूले पनि चासोका साथ हेरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति चासो व्यक्त गर्नुभएको छ।

चीनले सीमा क्षेत्रको अवस्थाबारे जानकारी लिन उपप्रधानमन्त्रीस्तरीय टोली पठाउने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाली समकक्षी बालेन शाहसँग फोनमा कुराकानी गर्नुभएको छ।

यसले विपत्तिको अन्तर्राष्ट्रिय आयामसमेत देखाएको छ। अब नेपालले पनि छिमेकी मुलुकसँग उपलब्ध सूचना, प्रविधि र विशेषज्ञताको उपयोग गर्दै खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउनुपर्छ।

रसुवाबाट नुवाकोट र धादिङ हुँदै त्रिशूली करिडोरमा देखिएको क्षतिले विपत्तिको फैलावट कति गम्भीर छ भन्ने देखाएको छ। सडक, पुल, बस्ती, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ।

विपद्का बेला सूचनाको जिम्मेवारी

विपद्को समयमा गलत सूचना आफैँमा अर्को संकट बन्न सक्छ। बेपत्ता व्यक्ति, मृत्यु, उद्धार वा क्षतिको विषयमा अपुष्ट विवरण फैलिँदा पीडित परिवारको पीडा झन् बढ्न सक्छ।

त्यसैले अहिले तथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्नु आवश्यक छ। राज्यका निकाय, सञ्चारमाध्यम र नागरिक सबैले सूचनाको संवेदनशीलतालाई बुझ्नुपर्छ।

सामाजिक सञ्जालमा आउने हरेक दाबीलाई सत्य मानेर साझा गर्ने प्रवृत्तिबाट जोगिनुपर्छ। विपद्का बेला सही सूचना जीवन बचाउने माध्यम बन्न सक्छ भने गलत सूचनाले उद्धारमै अवरोध सिर्जना गर्न सक्छ।

विपत्तिको कारण के हो?

यस विपत्तिले प्राकृतिक जोखिमबारे गम्भीर प्रश्नसमेत उठाएको छ। के हिमाली क्षेत्रमा हिमताल विस्फोट भएर बाढी आएको हो? के तिब्बती क्षेत्रमा गएको भूकम्पले यसको कारण बन्यो? वा अन्य कुनै प्राकृतिक प्रक्रियाले एक्कासि ठूलो पानीको बहाव सिर्जना गर्‍यो?

चिनियाँ पक्षले तिब्बती क्षेत्रमा गएको भूकम्पसँग बाढीको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको बताइएको छ। यद्यपि ५ म्याग्निच्युडभन्दा कमको भूकम्पले यति ठूलो विनाशकारी बाढी निम्त्याउन सक्छ कि सक्दैन भन्ने विषयमा थप वैज्ञानिक अध्ययन आवश्यक छ।

कतिपयले यसलाई ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) को सम्भावनासँग पनि जोडेर हेरेका छन्। तर बाढीको वास्तविक कारणबारे निष्कर्ष निकाल्न विस्तृत भौगर्भिक, जलवायुसम्बन्धी तथा जलविज्ञान अध्ययन आवश्यक छ।

त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्री रञ्जन दाहालले आफूले अहिलेसम्म यस्तो ठूलो बाढी नदेखेको बताउनुभएको छ।

‘मैले आजसम्म यति ठूलो बाढी देखेको थिइनँ। माथिल्लो भागबाट आएको बाढी यति विध्वंसक हुने अनुमान पनि गरेको थिइनँ,’ उहाँले भन्नुभएको छ।

ल्हेन्दे खोलादेखि भोटेकोशीसम्म : अध्ययन जरुरी

प्रारम्भिक अनुमानअनुसार बाढी भोटेकोशीमा देखिए पनि यसको सुरुआत ल्हेन्दे खोलाबाट भएको हुनसक्छ। यही क्षेत्रमा २०८२ असारमा आएको बाढीमा ९ जनाको मृत्यु र १८ जना बेपत्ता भएका थिए।

त्यसपछि पनि जोखिमको स्थायी समाधानका लागि पर्याप्त अध्ययन र पूर्वतयारी हुन नसकेको देखिन्छ। यसपटकको घटनाले सीमा क्षेत्रमा रहेका हिमताल, खोलानाला र नदी प्रणालीको नियमित अनुगमन तथा पूर्वसूचना प्रणाली कति आवश्यक छ भन्ने देखाएको छ।

नेपाल र चीनबीच विपद्का बेला सूचना आदानप्रदान गर्ने सहमति छ। तर यसपटक त्यो संयन्त्र प्रभावकारी रूपमा उपयोग हुन नसकेको देखिएमा त्यसको गम्भीर समीक्षा गर्नुपर्छ।

अब दीर्घकालीन तयारी

सन् २०१३ मा भारतको उत्तराखण्डमा यस्तै विनाशकारी प्राकृतिक विपत्ति आएको थियो। त्यसपछि हिमाली क्षेत्रमा जलवायु परिवर्तन, हिमताल, नदी प्रणाली र मानव बस्तीबीचको सम्बन्धबारे व्यापक बहस भयो।

नेपाल पनि हिमालले घेरिएको देश हो। हिमशृंखला हाम्रो प्राकृतिक सम्पदा मात्र होइन, जोखिमको स्रोत पनि बन्न सक्छ। त्यसैले हिमाली क्षेत्रको वैज्ञानिक अध्ययन, जोखिम नक्सांकन, पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती विकास र विपद् पूर्वतयारीलाई राज्यको दीर्घकालीन प्राथमिकता बनाउनुपर्छ।

केही घण्टामै बगेका सडक, पुल, बस्ती र जलविद्युत् आयोजना पुनर्निर्माण गर्न वर्षौँ लाग्न सक्छ। एउटा जिल्ला नै सडक सञ्जालबाट अलग हुनु सामान्य घटना होइन।

त्यसैले अहिले पीडितको खोजी, उद्धार र राहतमा कुनै कमी हुन दिनु हुँदैन। त्यसपछि नेपाल तथा विदेशका विज्ञ र अनुसन्धानकर्तालाई सहभागी गराएर यो विपत्तिको कारण र भविष्यमा अपनाउनुपर्ने उपायबारे गहिरो अध्ययन गर्नुपर्छ।

संकटमा देखिने नेपाली एकता

तराईमा बाढी आउँदा पहाड र हिमालका नागरिकले सहयोग गरेका उदाहरण छन्। पहाड र हिमालमा विपत्ति आउँदा तराई–मधेसले पनि त्यही भावनाका साथ हातेमालो गर्नुपर्छ।

नेपालका तीनै भौगोलिक क्षेत्रबीचको यही सहकार्य अहिले सबैभन्दा आवश्यक छ। राजनीतिक मतभेद, क्षेत्रीय असहमति र अन्य विभाजनलाई केही समयका लागि पन्छाएर नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ।

अहिले हाम्रो दायित्व नेपालका नागरिकप्रति मात्र होइन, नेपाल घुम्न आएका पर्यटकप्रति पनि उत्तिकै छ।

हामीमध्ये जो सुरक्षित छौँ, हामीले संकटमा परेकालाई सकेको सहयोग गरौँ। राज्यले उद्धार र राहतलाई तीव्र बनाओस्, निजी क्षेत्र र नागरिक समाजले हातेमालो गरून्, र सञ्चारमाध्यमले जिम्मेवार सूचना प्रवाह गरून्।

‘हिमाली सुनामी’ले दिएको यो चेतावनीलाई केवल एउटा विपत्तिको रूपमा लिएर बिर्सनु हुँदैन। यसलाई भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्ने निर्णायक अवसरका रूपमा लिनुपर्छ।

अहिले आवश्यक छ—खोजी, उद्धार, राहत र एकता। त्यसपछि अध्ययन, पूर्वतयारी र दीर्घकालीन समाधान।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

रसुवा बाढीमा मृत्यु भएका ९ जनाको शव पोस्टमार्टमका लागि पोखरा ल्याइयो

रसुवामा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

Israel Continues Military Operations in Syria and Lebanon Amidst US Diplomatic Efforts

Qatari Prime Minister to Visit Tehran Amidst Stalled US-Iran Talks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu