ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ९ : ४५   बजे

धनगढी । कैलालीमा श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको घटना सार्वजनिक भएको छ। प्रहरीले हत्याका लागि डेढ लाख रुपैयाँको सुपारी दिइएको र त्यसबापत ४० हजार रुपैयाँ अग्रिम भुक्तानी गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनारको हत्या उनकी श्रीमती ३२ वर्षीया यमुना सुनारको योजनामा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले यमुनासहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा यमुनासहित लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका–३ का ३२ वर्षीय रामराजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिका–९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी–८ का ३२ वर्षीय भीमा राना रहेका छन्।

श्रीमान् हराएको भन्दै प्रहरीमा उजुरी

दीपक साउन २२ गते जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट बेपत्ता भएका थिए। सोही दिन साँझ करिब ५ बजे यमुनाले श्रीमान् हराएको भन्दै इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएकी थिइन्।

तर घटना भएको भनिएको क्षेत्र लम्की प्रहरीको कार्यक्षेत्रबाहिर पर्ने भएकाले उनलाई इलाका प्रहरी कार्यालय टीकापुर पठाइएको थियो।

यसअघि नै प्रहरीले सोही दिन दिउँसो करिब २ बजे अमरावती जंगलमा रगतसहित केही शङ्कास्पद वस्तु फेला पारेको थियो। जंगलमा रगत, दाउ, प्लास्टिकको थैली, चप्पल, हेल्मेट तथा जेब्रा झोलाको तानालगायत सामग्री भेटिएपछि प्रहरीले घटनालाई शङ्कास्पद मानेर अनुसन्धान थालेको थियो।

फरेन्सिक परीक्षणपछि अनुसन्धानले लियो नयाँ मोड

जंगलमा भेटिएको रगत सुरुमा कसको हो भन्ने खुलेको थिएन। फरेन्सिक परीक्षणबाट उक्त रगत मानवको भएको पुष्टि भएपछि प्रहरीले दीपक बेपत्ता भएको घटनासँग जोडेर अनुसन्धान अघि बढाएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यमुनाले आफ्ना प्रेमी दुर्योधन सुवर्णकारसँग मिलेर दीपकको हत्या गर्ने योजना बनाएको खुलेको छ।

पक्राउ परेकाहरूको बयानअनुसार घटनामा संलग्न व्यक्तिहरू साउन २१ गते नै टीकापुर पुगेका थिए। सो क्रममा यमुना र दुर्योधन एउटा होटलमा बसेकोसमेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जंगलमा लगेर हत्या, शव कर्णालीमा फालेको बयान

प्रहरीका अनुसार योजनाअनुसार यमुनाले दीपकलाई अमरावती जंगलतर्फ लगेकी थिइन्। जंगल पुगेपछि धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्या गरेपछि दीपकको शव कर्णाली नदीमा फालिएको पक्राउ परेकाहरूले बयान दिएको प्रहरीले जनाएको छ। प्रहरीले शव तथा घटनासँग सम्बन्धित थप प्रमाणको खोजी गरिरहेको छ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको बयान, आर्थिक कारोबार, मोबाइल सम्पर्क, घटनास्थलबाट बरामद सामग्री तथा अन्य प्रमाणलाई आधार बनाइएको प्रहरीले जनाएको छ।

पाँचै जनामाथि अनुसन्धान जारी

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टीकापुर तथा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोली संलग्न रहेको छ।

पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्याको वास्तविक कारण तथा घटनामा प्रत्येक व्यक्तिको भूमिका थप अनुसन्धानपछि स्पष्ट हुने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार यमुना र दीपकका दुई छोराछोरी छन्। यमुना करिब तीन वर्षदेखि दुर्योधन सुवर्णकारसँग प्रेम सम्बन्धमा रहेकोसमेत अनुसन्धानबाट खुलेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

सम्बन्धित

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

१८ अर्ब डलरको सम्झौतापछि मेटामा कडा नियम, किशोरको फेसबुक–इन्स्टाग्राम प्रयोगमा दुई घण्टे सीमा

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu