काठमाडौं । नेपाली सेनाले बिहीबार बिहानदेखि मध्याह्नसम्म प्राकृतिक विपत्तिबाट प्रभावित रुसुवा जिल्लाका विभिन्न स्थानबाट ३६६ जनाको हवाई उद्धार गरेको जनाएको छ।
सेनाका अनुसार उद्धार गरिएकामध्ये विभिन्न ६ देशका ४५ जना विदेशी नागरिक पनि रहेका छन्। टिमुरे, धुन्चे र मैलुङ क्षेत्रमा फसेका नागरिक तथा विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।
नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा विपद् प्रभावित क्षेत्रमा करिब चार हजार सैनिक जनशक्ति परिचालन गरिएको उल्लेख गरिएको छ। सेनाले घाइते तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको काम समन्वयात्मक रूपमा गरिरहेको जनाएको छ।
रुसुवाको टिमुरे, धुन्चे र मैलुङ क्षेत्रमा प्राकृतिक विपत्तिका कारण सडक तथा अन्य यातायात सम्पर्कमा समस्या उत्पन्न भएपछि हवाई उद्धारलाई तीव्रता दिइएको हो। प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार तथा राहतका लागि नेपाली सेना अन्य सम्बन्धित निकायसँग समन्वय गरेर परिचालन भइरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्